News Portal

  • हङकङमा दर्जनौ संघसंस्थाले किसन राईको श्रद्धाञ्जली सभा गरे

    हिमालीसंचार संवाददाता
    १४९ पटक

    युवा राई/हङकङ – नेपाली जनाजाति महासंघका अध्यक्ष तथा सामाजिक अभियन्ता स्वर्गीय किसन राईको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको हलमा आइतबार सम्पन्न भएको छ।

    आदिवासी जनजाति महासंघ हङकङ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, नेपाली जनजाति महासंघ हङकङ, एनआरएनए हङकङ, नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको संयुक्त आयोजना रहेको श्रद्धाञ्जली सभाका संचालन संचारकर्मी देवराज राइले गरेका थिए । मध्यह्न २ बजे मौन धारणबाट कार्यक्रम शुरु भएको थियो ।

    आयोजित सभामा किसन राइको जीवनीबाके नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले संक्षिप्तमा चर्चा गरेका थिए । हङकङको नेपाली समाजको लागि किसन राई एक खुल्ला किताब सरह भएको उनले बताए । 

    धरानको घण्टाघर निर्माणदेखि हङकङमा आदिवासी मुलका महावाणिज्यदूत ल्याउने सम्मको कार्यमा किसन राइको उल्लेख्य भुमिका भएको कुरालाई उनले स्मरण गरे। नेपाली समुदायप्रति उनले गरेको योगदानको कदर गर्दै हङकङ सरकारले उनलाई गरेको सम्मान सानो होइन वनेमले भने। दोस्रो वक्ता रिता गुरुङले हङकङ सरकारको गृह मामिला विभागबाट पठाएको समवेदना पत्र वाचन गरेकी थिइन।

    हङकङका पत्रकार महासंघ कार्यवाहक अध्यक्ष संचारकर्मी इन्द्र लक्समले किसन राई बहु आयामिक व्यक्तित्वबारे बोल्दै किसन राई सामाजिक  विकृति भण्डाफोर गर्ने अग्रणी पत्रकार रहेको उल्लेख गरे।

    न्यु होम एशोसिएसनका पदाधिकारी च्याङ यी फेइले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए । किसन राइले अहोरात्र पत्रीकाको माध्यमबाट समुदायको सेवा गरेको कुरा बोलेका थिए । उनी जस्ता अनुभवी पत्रकार अब हामीले पाउदनौं उनले भने।

    हङकङमा नेपाली महासंघका अध्यक्ष टंक रानाले २० वर्ष लामो समाज सेवामा आफुलाई अर्पण गरेको किसन राईको अवसानले सबैलाई शोकमा डुबाएको छ। राईको दीर्घकालीन स्मृतिकोलागि नेपाली महासंघले केहि गर्ने विचार गरेको उनले बताए ।

    एनाआरएनएका अध्यक्ष गोकर्ण प्रसाद ढकालले किसन राईसंगको सहकार्यलाई स्मरण गर्दै  राई  सचिव र म कोषाध्यक्ष रहेर टीका गुरुङको अध्यक्षतामा काम गरेको अनुभव बताए। मलाई अध्यक्ष बन्नमा उहाँले जहिले प्रेरित गर्नु हुन्थ्यो। वहाँको सम्झनामा पुर्खौली स्थानमा केहि गर्नु पर्छ भन्ने सोच एनआरएनएले लिएको बताए ।

    महावाणिज्यदूत उदय बहादुर राना मगरले बोल्ने क्रममा किसन राईले  नेपाली भाषा, साहित्य र संस्कृति हङकङमा प्रबर्द्धन गर्ने र आदिवासी जनजातिको अधिकारको निम्ति नेपाल सरकारसम्म आवाज पुर्याउने काम गर्नु भएको बताए ।

    हङकङमा रहेर नेपाली भाषा साहित्यको उत्थान र नेपालीको हक अधिकारको लागि लडेको कुरालाई कदर गर्दै नेपाल सरकारले सम्मान स्वरुप जनसेवा श्री पदक दिएको थियो । उनले भने आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष कृष्ण लावतीले संयुक्त रूपमा हामी अगाडि बढनु पर्छ भन्ने मान्यता किसन राईको ज्यादै सह्रानीय रहेको बताए। जनजाति आदिवासी मुलको महावाणिज्यदूत हङकङ ल्याउने कुरामा किसन राइको अहम भुमिका रहेको कुरा उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...