News Portal

सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

हिमालीसंचार संवाददाता
३२२ पटक

सल्यान।
सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका-२ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका-६ की वर्ष ६० की कलादेवी बुढाथोकी, वर्ष ६५ की गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका-८ की ३५ की साबित्रा केसी छन्।

यस्तै शारदा नगरपालिका १२ की ५३ की प्रभा चलाउने, वडा नं २ की ६५ की मीना डाँगी, ३ की ६६ की लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ की मीना शाही, घोराही उमनपा-१० की वर्ष ३६ की रुपा केसी, त्रिवेणी गाउँपालिका-४ की बालिका सरिता बोहरा, शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको बताए। उनका अनुसार सामान्य घाइते भएका १० को जिल्ला अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ।

खलंगाबाट तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन। तर तीव्र गति र क्षमताभन्दा बढी यात्रु चढाइएका कारण दुर्घटना भएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार बस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो। बसमा ४० भन्दा बढी यात्रु सवार थिए। बस चालक भने फरार छन्।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...