News Portal

  • किरायाको देउसी कार्यक्रममा ८ लाख रकम संकलन, तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका लागि खर्च हुने

    हिमालीसंचार संवाददाता
    २५० पटक

    काठमाडौ – किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा करिब ८ लाख रुपैयाँ संकलन भएको यायोक्खाले जानकारी दिएको छ ।

    कोटेश्वर स्थित आफ्नै मुख्य कार्यालयमा बिहिबार १८ कार्तिक देउसी तथा किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको विषयमा जानकारी कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रममा पूर्ब मन्त्री, वर्तमान सांसद, संवैधानिक आयोजकको सदस्य र उच्च तहको कर्मचारीहरु सहभागि भएका थिए ।  

    आगामी कार्तिक २७, २८ र २९ गते हुनलागेको किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका लागि आर्थिक सहयोग संकलन गर्ने उदेश्यले देउसी कार्यक्रमको आयोजना गरिएको यायोक्खाले जनाएको छ । 

    आयोजित कार्यक्रममा किरात राई यायोक्खाले म्यान पावर संघका अध्यक्ष तथा ब्याबसायी यामबहादुर राई (वाई.बी.)बाट एक लाख, यायोक्खा केन्द्रय कोषाध्यक्ष बैंकर्स मनबहादुर राईबाट ५१ हाजर, उद्योगी तेजबहादुर राईबाट ५० हजार, किरात राई कर्मचारी संघबाट ८१ हजार, यायोक्खा पूर्ब उपाध्यक्ष मनिकुमार राईबाट ३१ हजार, सुनिल राईबाट ३०, भक्तकुमार राईबाट २६ हजार लगायत विभिन्न ब्यक्तिहरुबाट ७ लाख ७६ हजार रकम संकलन भएको यायोक्खा केन्द्रीय समितिका कोषाध्यक्ष देवान राईले बताए । 

    कार्यक्रममा १ नम्बर प्रदेशका निवर्तमान सामाजिक बिकास मन्त्री उषाकला राई, लोकसेवा आयोगका सदस्य बीरबहादुर राई र आदिबासी जनजाति आयोगको सदस्य शरण राई, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्ब उपाध्यक्ष जितपाल किराती, नेपाल सरकारको उपसचिव खिलराज राई, अनिल किराती, शाखा अधिकृतहरु, शसस्त्र प्रहरीका पूर्ब आइजीपी दुर्जकुमार राई, जनपद प्रहरीको पूर्ब एआइजीहरु उपस्थित रहेका थिए । यायोक्खा पूर्ब उपाध्यक्ष मणिकुमार राई, दुर्गा राई लगायत पूर्ब पदाधिकारीहरुको उपस्थिति रहेको महासचिव जनक राईले जानकारी दिए ।

     

    देउसीमा पूर्ब मन्त्री अशोककुमार राई लगायतले सहयोग जम्मा गरेको कोषाध्यक्ष देवान राईले बताए। किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा ४० लाख खर्चहुने अनुमानित बजेट रहेको यायोक्खा उपाध्यक्षसमेत रहेका आर्थिक उपसमितिका संयोजक राकेश राईले बताए ।  

     काठमाडौमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका १५ भन्दा बढी देशहरुबाट प्रतिनिधि आउने यायोक्खा अध्यक्षसमेत रहेका किरात राई तेस्रो अन्तर्राष्ट्रिय आयोजक मूल समारोह संयोजक दिवस राईले बताए । 

    सम्मेलनले राई जातिको इतिहास, भाषा, लिपि र धर्मसंस्कृति सम्बन्धी विचार विमर्श गर्दै १ नं. प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्ने सवालमा व्यापक छलफल गर्दै सामुहिक निर्णय हुने यायोक्खा उपाध्यक्ष तथा विदेश विभाग प्रमुख जिवन हाताछो राईले हिमालीसंचारडटकमसंग बताए । 

    सम्मेलनको उद्घाटन कार्यक्रम कार्तिक २७ गते राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन, १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईको उपस्थितिमा उद्घाटन हुनेछ । उद्घाट्न कार्यक्रममा महागायक राजेश पायल राई, चर्चित कलाकारहरु जीतेन राई, पार्बति राई, भीषण मुकारुङ राईको प्रस्तुति रहने समेत जानकारी दिए।
    त्यस्तै, बासुरी बादक नगेन्द्र राई र हास्य कलाकार फुलन्देकी आमा (उमेश राई)को प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम तयारी उपसमिति संयोजक राजुएन राईले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...