अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धि समस्या समाधान गर्ने: मन्त्री रिजाल

रबिन्द्र बराल/मोरङ – नेपाली काग्रेस रंगेली नगर समितिले शनिबार एक कार्यक्रमको आयोजना गर्दे नेपालीहरुको दोस्रो पर्वको रुपमा रहेको दिपावली तथा छट पर्वको अवसरमा रंगेली स्थित दिनाबावु धर्मशालाको प्रागंणमा शुभकामना आदान प्रदान कार्याक्रममा गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् सरकारका रक्षा मन्त्री डाक्टर मीनेन्द्रप्रसाद रिजालले अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने र नागरिकता भोट माग्ने साधन मात्र नभएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकले बंशजको आधारमा नागरिकता पाउनु पर्ने कुरामा जोड दिएका छन ।
अहिले नागरिकता नभएकै कारण कतिपय दाजुभाइ दिदी बहिनीले सरकारी सेवा सुविधा लिन समेत नपाएको र उनले बताए । कम्युनिष्ट सरकारले नागरिकता वितरणको विषयलाई वेवास्ता गरेको आरोप समेत लगाएका छन । मन्त्री रिजालले भने कार्तिक महिनामा आएको बाढीका कारण धानबालीमा क्षति पुगेका किसानलाई सरकारले क्षतिपुर्तिको ब्यवस्था गरेको र एक बिगाहा भन्दा कम खेती भएका किसानहरुलाई प्रति विगाहा ८६ हजार लागत मूल्य तोकेर त्यसको ६५ प्रतिशत क्षतिपुर्ति उपलब्ध गराउने बताए ।
कार्यक्रममा नेपाली काग्रेसको केन्द्रीय सदस्य अमृत अर्याल, मोरङ सभापति डिगबहादुर लिम्बु, मोरङ सचिव मोदराज घिमिरे युवा नेता सन्जिव श्रेष्ठ, अबिषेक अधिकारी, नरेश साह दलितका जिल्ला सचिव शत्रुधन रजक लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रम नगर सभापति जगरनाथ मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वभिन्न पाटि परित्याग गरेर १ सय ३० जना युवाहरुलाई प्रमुख अतिथिले फुलमाला सहित सम्मान समेत गरेका थिए ।

















