News Portal

मृगौला पिडित बास्तोलालाई युएईबाट आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
२४६ पटक

रामप्रसाद ढुंगेल/अबुधाबी – युएईमा रोजगार गरिरहेका अवस्थामा मृगौलारोगबाट पीडित भएका रतुवामाई नगरपालिका-९, इटहरा मोरङका देवेन्द्रप्रसाद बास्तोलालाई युएईका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका छन् ।

युएईमा लामो समय रोजगारी गरेका बास्तोला मृगौलारोगबाट पीडित भएपछि हाल बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिरहेका छन् ।

अस्पतालले मृगौला फेर्न सुझाव दिएपछि बास्तोलाको उपहारमा सहयोग पुगोस् भनी सामाजिक अभियन्ता सुमन पराजुली संयोजक रहेको एक समितिले बास्तोलाको उपचारमा सहयोग पुर्‍याउन आर्थिक सहयोग संकलन अभियान चलाएको  थियो । उक्त अभियान अन्तर्गत बास्तोलाको उपचारका लागि समितिले २ लाख ७९ हजार २ सय ४४ रुपैयाँ संकलन गरी पठाइसकेको जानकारी संयोजक पराजुलीले दिएका हुन् ।

आर्थिक संकलन अभियानमा सक्रिय सह-संयोजक राम थापा, कोसाध्यक्ष विवेक थापा र सदस्यमा माधब वास्तोता र देवेन्द्र कटबाल रहेका थिए । यो समितिले पीडित बास्तोलाको मृगौला प्रत्यारोपणमा सहयोग पुगोस् भनी करिब ६४ जना मनकारी दाताहरुको सहयोगमा उक्त रकम संकलन गरी पठाएको संयोजक पराजुलीले जानकारी दिएका छन् ।

युएईमा रहदा सामाजिक अभियानमा सक्रिय बास्तोला मृगौला  प्रत्यारोपण गरी नयाँ जीवनको अपेक्षा गरी बसेका छन् । उपचारमा अत्यधिक रकम आवश्यक पर्ने भएकोले बास्तोला परिवारले मनकारी दाताहरुबाट सहयोगको अपेक्षा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...