News Portal

  • मृगौला पिडित बास्तोलालाई युएईबाट आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    १८४ पटक

    रामप्रसाद ढुंगेल/अबुधाबी – युएईमा रोजगार गरिरहेका अवस्थामा मृगौलारोगबाट पीडित भएका रतुवामाई नगरपालिका-९, इटहरा मोरङका देवेन्द्रप्रसाद बास्तोलालाई युएईका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका छन् ।

    युएईमा लामो समय रोजगारी गरेका बास्तोला मृगौलारोगबाट पीडित भएपछि हाल बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिरहेका छन् ।

    अस्पतालले मृगौला फेर्न सुझाव दिएपछि बास्तोलाको उपहारमा सहयोग पुगोस् भनी सामाजिक अभियन्ता सुमन पराजुली संयोजक रहेको एक समितिले बास्तोलाको उपचारमा सहयोग पुर्‍याउन आर्थिक सहयोग संकलन अभियान चलाएको  थियो । उक्त अभियान अन्तर्गत बास्तोलाको उपचारका लागि समितिले २ लाख ७९ हजार २ सय ४४ रुपैयाँ संकलन गरी पठाइसकेको जानकारी संयोजक पराजुलीले दिएका हुन् ।

    आर्थिक संकलन अभियानमा सक्रिय सह-संयोजक राम थापा, कोसाध्यक्ष विवेक थापा र सदस्यमा माधब वास्तोता र देवेन्द्र कटबाल रहेका थिए । यो समितिले पीडित बास्तोलाको मृगौला प्रत्यारोपणमा सहयोग पुगोस् भनी करिब ६४ जना मनकारी दाताहरुको सहयोगमा उक्त रकम संकलन गरी पठाएको संयोजक पराजुलीले जानकारी दिएका छन् ।

    युएईमा रहदा सामाजिक अभियानमा सक्रिय बास्तोला मृगौला  प्रत्यारोपण गरी नयाँ जीवनको अपेक्षा गरी बसेका छन् । उपचारमा अत्यधिक रकम आवश्यक पर्ने भएकोले बास्तोला परिवारले मनकारी दाताहरुबाट सहयोगको अपेक्षा गरिरहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

    काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि...

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...