News Portal

फ्लाई दुबईको जहाजमा चरो ठोकिदा, दुबई जाने यात्रुहरु रोकिए

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौं – त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ फ्लाई दुबईको जहाजमा चरो ठोकिएको छ। चरा ठोक्किएपछि जहाजको बायाँतर्फको पङ्खामा क्षति पुगेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन्।

बाँस्तोलाका अनुसार उडान नम्बर एफजेड-५७४ को विमानमा चरो ठोक्किएको हो। उक्त जहाज साँझ ७.१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका लागि गुडिरहेको थियो। 

यो जहाज मंगलबारै साँझ दुबई फर्किने तयारीमा रहेको थियो। तर चरा ठोक्किएपछि प्राविधिक परीक्षणका लागि जहाज ग्राउन्डेड गरिएको छ। 

चरा ठोकिएर जहाज ग्राउन्डेड भएपछि ​दुबई जान विमानस्थल पुगेका १ सय ७९ यात्रुलाई काठमाडौंकै होटलमा राखिएको छ। यसअघि मंगलबार बिहान सवा ६ बजेको समयमा नेपालगञ्ज विमानस्थलबाट १४ यात्रुसहित हुम्लाको सिमको जान धावनमार्गमा गुडिरहेका बेला सीता एयरको विमान बँदेलसँग ठोक्किएको थियो।

जहाजसँग ठोक्किएका तीनै बँदेल मरेका थिए। जहाजको केही भागमा क्षति भएपछि नेपालगञ्जमै उक्त जहाज रोकिएर राखिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...