News Portal

विदेशी राहदानी बोकेर नेपालमा राजनीति गर्न नआउनु – देउवा

हिमालीसंचार संवाददाता
१९९ पटक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग भेटघाट र छलफल गरेका छन्।गत शुक्रबार राति लण्डनमा देउवाले बेलायतमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरु संग भेटधाटको क्रममा विदेशी राहदानी हुनेले नेपालको राजनीतिमा चासो नदिन आग्रह गरेका छन्।

बेलायतस्थित गैरआवासीय नेपाली संघ बेलायत र त्यहाँस्थित सांसदसँग छलफल गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार आफ्ना कार्यकर्तासँग पनि भलाकुसारी गर्दै विदेशी राहदानी बोकेर नेपालमा राजनीति गर्न नेपाल नआउन आग्रह गर्दै यो समस्या बेलायदबाट मात्र नभएर अन्य मुलुकबाट समेत हुने गरेको बताएका हुन्। 

नेपाली दूतावास लण्डनमा शनिबार बिहान नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा पुगेका कार्यकर्तालाई देउवाले करिब २० मिनेट भेटेर कुरा राखेका थिए। सभापति देउवाले नेपाली कांग्रेस कार्यकर्ताहरू संगको भेलालाई सम्बोधनका क्रममा विदेशी राहदानी बोकेर नेपाली राजनीति नगर्न सुझाव दिएका छन्। 

‘जुन देशमा बस्नुभएको छ, त्यहीँको राजनीति गर्नुस् । बेकारमा नेपालको राजनीतिको पछि लागेर तनाव नलिनुस्’, देवाले भने। बेलायतमा रहेका नेपालीहरुलाई ब्रिटिस नागरिकले सम्मानसहित हेर्ने गरेको पनि उनले बताए।

विश्वभरका नेपालीले राम्रो काम गरिरहेको बताउँदै प्रधानमन्त्री देउवाले प्रशंसा गर्दै संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि त्यहाँ पुगेका हुन्। 

प्रधानमन्त्री देउवाले शनिबार नै गैरआवासीय नेपाली संघका नेता कुल आचार्यसहितसँग समेत भेट गरेका देउवाले बेलायतका तीन सांसदसँग पनि  छलफल गरेका छन्। 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...