News Portal

मोरङको नागेश्वर नाथ शिव मंन्दिरको सामुदायिक भवन उद्घाटन

हिमालीसंचार संवाददाता
१९२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको नागेश्वर नाथ शिव मन्दिर परिसरमा स्थापना भएको सामुदायिक भवनको एक कार्यक्रमको आयोजना गर्दै उक्त भवनको उद्घाटन गरिएको छ ।

पूर्वधार विकास साझदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ का  माननीय संसद डा. मिनेन्द्र रिजालको संसद कोषबाट २५ लाख ६१ हजार  १ सय ६० रुपैयाँ र नगरपालिकाको अनुदान रकम ५ लाख १६ हजार १ सय ५१ रुपैयाँ बराबरको लागतमा एक तल्ले  सामुदायिक भवन निर्माण सम्पन्न भएको हो ।   

नव निर्मित भवनको क्षेत्र नम्बर २ का सभासद एवम् रक्षामन्त्री डाक्टर मेनेन्द्र रिजालले शिला लेख अनावरण गर्नुका साथै भवनमा रिवन काटेर उद्घाटन गरेका हुन् ।  कार्यक्रममा नगरपालिका प्रमुख दिलिप बगडिया, नेपाली कंग्रेसका माेदराज घिमिरे, गाेपाल मान सिंह राज  भण्डारी, स्थानीय नेता माेहन पाैडेल, ढव्वु तामाङ, वेदमणी घिमिरे, विकास सिवाकोटी, वडाअध्यक्ष घनश्याम पनेरू  लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...