News Portal

भोलि संसद् बैठक बस्दै, एमाले नाराबाजीबाट पछि हट्ला ?

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं। 
प्रतिपक्ष दल नेकपा एमालेका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि(बिहीबार) बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्ने कार्यतालिका छ।

यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारवाहीको प्रक्रिया अघि नढाएपछि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो।

पटक-पटक संसद् अवरुद्ध हुँदै आएको बैठक कात्तिक ९ गते मंगलबार दिनको १ः०० बजे बस्ने गरी राखिएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको थियो।

भोलि बस्ने संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७ ७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। एमालेले भने १४ सांसदलाई पार्टीले गरेको कारवाही सभामुखले अघि नबढाएसम्म संसद्मा नाराबाजी निरन्तर गर्ने अडान लिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...