News Portal

सुनवर्षी नगरपालिकाद्वारा स्थानीय किसानलाई च्याफकटर र काउ म्याट वितरण

हिमालीसंचार संवाददाता
२४७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर साथै ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नं. ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो ।

सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० जना किसानलाई सो सामग्री वितरण गरिएको पशुपंक्षी शाखाका नायब पशु स्वास्थ्य प्राविधिक रंजित कुमार झाले हिपमत डटकमलाई बताए । उनका अनुसार आजको कार्यक्रममा २० जना किसानलाई च्यफकटर र २६ समुहका  किसानलाई काउ म्याट वितरण गरिएको हो ।

सुनवर्षी नगरपालिकको किसानहरुको समस्यामा सधै हाम्रो साथ सहयोग रहन्छ अबिरल बर्षा र बाढीले जति पनि किसानहरुको धान नष्ट भएको छ सबै किसानहरुको बिवरण संकलन गरेर उचित सहयोगको व्यवस्थापन हामीले गर्ने छौ र माथिल्लो निकायसंग पनि समन्वय गरेर राहतको प्याकेज उपलब्ध गराउने छौ मेयर  दासले  बताए। 

सुनवर्षी नगरपालिक अनतर्गत फर्म दर्ता गराएका उत्कृष्ट किसानहरुलाई सो सामग्री वितरण गरिने योजना रहेको झाले बताए । कार्यक्रममा नगर प्रमुख काली प्रसाद दास, उपमेयर मंजु राई, वडा नं. ९ का अध्यक्ष कमल किसोर सिंह, अनिल कुमार झा, अभिमन्यु दास सहितको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...