News Portal

  • सुनवर्षी नगरपालिकाद्वारा स्थानीय किसानलाई च्याफकटर र काउ म्याट वितरण

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर साथै ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नं. ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो ।

    सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० जना किसानलाई सो सामग्री वितरण गरिएको पशुपंक्षी शाखाका नायब पशु स्वास्थ्य प्राविधिक रंजित कुमार झाले हिपमत डटकमलाई बताए । उनका अनुसार आजको कार्यक्रममा २० जना किसानलाई च्यफकटर र २६ समुहका  किसानलाई काउ म्याट वितरण गरिएको हो ।

    सुनवर्षी नगरपालिकको किसानहरुको समस्यामा सधै हाम्रो साथ सहयोग रहन्छ अबिरल बर्षा र बाढीले जति पनि किसानहरुको धान नष्ट भएको छ सबै किसानहरुको बिवरण संकलन गरेर उचित सहयोगको व्यवस्थापन हामीले गर्ने छौ र माथिल्लो निकायसंग पनि समन्वय गरेर राहतको प्याकेज उपलब्ध गराउने छौ मेयर  दासले  बताए। 

    सुनवर्षी नगरपालिक अनतर्गत फर्म दर्ता गराएका उत्कृष्ट किसानहरुलाई सो सामग्री वितरण गरिने योजना रहेको झाले बताए । कार्यक्रममा नगर प्रमुख काली प्रसाद दास, उपमेयर मंजु राई, वडा नं. ९ का अध्यक्ष कमल किसोर सिंह, अनिल कुमार झा, अभिमन्यु दास सहितको उपस्थिती रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...

    पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

    काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन...