News Portal

पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राई गम्भीर घाईते, जिल्ला अस्पताल खोटाङमा उपचार हुदै

हिमालीसंचार संवाददाता
४२१ पटक

अविन राई/खोटाङ – हङकङमा रहेर पत्रकारिता गरिरहेका हङकङ पत्रकार महासंघका अध्यक्ष किसन राई आइतबार ओखलढुंगा हुदै भोजपुर जानेक्रममा बाटोमा गाडी रोकेर पिशाव फेर्न जादा भिरबाट खसेर गम्भीर घाइते भएका छन्।  

नेपाल घुमफिर गर्ने क्रममा राई पछिल्लो समय पुर्ख्यौली जिल्ला ओखलढुंगा हुदै भोजपुर जाँदै थिए। गम्भीर अवस्थामा उनलाई आइतबार राती करिब १२ बजे खोटाङ स्थित जिल्ला अस्पताल खोटाङ लगिएको थियो। अहिले उनको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ।

नेपाल सरकारबाट पदक पाएका राई त्यही ग्रहण गर्ने क्रममा नेपाल गएका थिए। त्यसलगत्तै उनी साथीहरूसँग मुस्ताङ लगायतका हिमाली जिल्ला घुम्न निस्केका अध्यक्ष राई लामो समयदेखि हङकङमा रहेर एभरेष्ट पत्रिका प्रकाशित गर्दै आएका छन्।  

हङकङमा गठीत करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका अध्यक्ष राई एनआरएनए हङकङको महासचिव रहिसकेका नेपाल जनजाति महासंघ हङकङको अध्यक्ष समेत हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...