आज : २०२६-०६-१७, बुधबार

मोरङको रंगेलीमा ३५ सय बिघा लगाएको धान पुरै नष्ट

रबिन्द्र बराल/मोरङ – पाँच दिन अगाडि आएको अबिरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। मोरङको  सिमावर्ती क्षेत्रको रंगेली, धनपालथा, सुनवर्सी, रतुवामाई, कानेपाेखरी लगायतका क्षेत्रका अधिकांश किसानहरुले असार महिनामा सयौं बिगाघ  खेतामा  लगाएकाे धन बाली दुई दिन परेकाे अबिरल बर्षाका कारण नष्ट भएको छ ।

खेतमा कतै  पहेंलै भएर पाकेकाे र कतै  हरियो धान समेत हावा र पानीका कारण खेतमा पानी भरिए पछि सम्पुर्ण  धान खेतैमा कुहिने अवस्थामा पुगेको रंगेलीका कृषक पुर्साेतम काफ्लेले ले बताए । 

भारी बर्षका कारण बर्षभरी खानका लागि जाेहाे गर्ने र आफुलाई  गरेता पनि  खेतमा दुख गरेर  राेपिएकाे धान दुई दिनको हावा हुरीका कारण खेतैमा बाला मात्रै देखिने गरि हिलाेले        पुरिएपछि आफूहरु चिन्तित रहेको काैशिला ताजपुरीयाले बताईन ।  

माेरङमा बक्राह खाेला, चिस्यान खाेला, चेकाहा खाेला , मरिया खाेला लगायत अधिकंश खाेलाकाे बाहव बढेपछि काटने अवस्थामा रहेकाे धानबाली घर भित्राउने समय भएको बेलमा बेमौसमी  अबिरल बर्षाको कारण धान बाली सोतर भएपछि  किसानहरु  चिन्तित रहेका छन ।

गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए। तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ। कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ।

अविरल बर्षा, हावा हुरीसंगै कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको सत्यनारायण ताजपुरीया ले बताए । अबिर वर्षा का कारण रंगेली क्षेत्रमा  ३५ सय बिधाको  धानखेती नष्ट भएको कृषि शाखा रंगेली का प्रमुख बिरेन्द्र मंडलले बताए । 

अहिले खेतमा खाेलाले बगाएर ल्याएकाे दाउरा मात्रै रहेको र साेहि दाउरा लिएर घर लैजानु पर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् ।