News Portal

  • मोरङको ग्राम लक्ष्मी सहकारीले किसानको पक्षमा फिलिम बनाउने

    हिमालीसंचार संवाददाता
    ३८३ पटक

    रबिन्द्र बराल/मोरङ – नेपालको अंगिका भाषाको पहिलो फिल्म जय किसानको सुभारम्भ रंगेलीको ग्राम लक्ष्मी बहुउदेश्य सहकारीको भवनमा एक औपचारीक कार्यक्रम गरेर शुभारम्भ गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपालका सबै भन्दा अगला व्यक्ति राजन अधीकारी, बिष्ट अतिथि  सन्तोष मण्डल, धर्मेन्द्र मण्डल, तुलसी मण्डल, गायक विष्णु राजवंशी, कैलाश मण्डल, उषा मण्डल, रंगेलीका शिक्षा अधिकृत रविन्द्र पण्डित, स्थानीय बिनोद यादव,  लगायतको  उपस्थित   रहेको थियो ।

    सो फिलममा किसानहरुको विषय बस्तुलाई आधार पारेर तयार गर्ने भएको छ । किसानहरु कसरी मेहनत गरेर बाली उत्पादन गर्छ तर किसानको नाममा विभिन्न रकमहरु आए पनी किसानले नपाई नक्कली किसानले सेवा सुविधा पाएको र नेपालका तराईमा रहेका अंगिका भाषालाई समेत जोड दिईने भएको छ । 

    फिलमको प्रोडुसर  ग्राम लक्ष्मी बहुउदेशय सहकारी रंगेली एसवी कृषी फर्म कटहरी रहेको छ ।  अपसरा फिल्मको सहयोग पनी रहेको फिल्ममा कथा भने तुलसी कलाकारको रहने छ। छायांकनमा साथ दिएका छन। धिरेन शाहा, अजित दास, रहेको छ। गायन तर्फ तुलसी कलाकार अनु चौधरी र माला राजवंशीको शुमधुर स्वरमा गीतहरु सजिने छ । 

    उक्त फिल्म ४ महिनामा निर्माण पुराहुने कलाकार तुलसीले बताए ।  पानसमा दीप प्रज्जलन गरेर उदघाटन गर्नुका साथै विशिष्ट अथितिहरुले शुभकामना मन्तव्य  राखेका थिए। यो फिल्म किशानको पक्षमा हुने भएकोले निकै सर्वाधिक रुपमा सबै पक्षले मनपाराउने समेत देखिन्छ। अशोक मण्डलको सभापतीमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...