News Portal

  • खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार परिक्रमा

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर परिक्रमा गरेका छन्।

    केही दिनदेखि अबिरल वर्षाका कारण पुर्वाञ्चलका अधिकंश क्षेत्र त्यस्तै, जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित्त प्रमुख कुशवाहालाई गत बिहीबार अर्धनग्न बनाएर नगर परिक्रमा गरेका तस्वीर सामाजिक संजालमा भाईरल भईरहेको छ।

    जनकपुरको रामानन्दचोकमा रहेको नेपाल खानेपानी तथा ढल निकास कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिट समेत गरेका थिए। उनीहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका हुन्। 

    जनमत पार्टीका एक कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...