News Portal

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार परिक्रमा

हिमालीसंचार संवाददाता
२०६ पटक

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर परिक्रमा गरेका छन्।

केही दिनदेखि अबिरल वर्षाका कारण पुर्वाञ्चलका अधिकंश क्षेत्र त्यस्तै, जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित्त प्रमुख कुशवाहालाई गत बिहीबार अर्धनग्न बनाएर नगर परिक्रमा गरेका तस्वीर सामाजिक संजालमा भाईरल भईरहेको छ।

जनकपुरको रामानन्दचोकमा रहेको नेपाल खानेपानी तथा ढल निकास कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिट समेत गरेका थिए। उनीहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका हुन्। 

जनमत पार्टीका एक कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...