
धरान – अविरल वर्षाका कारण धरान उपमहानगरपालिका धरान-१३ स्थित पहिरो खस्दा पुरिएका दुई बालबालीका मृत फेला परेका प्रहरीले जनाएका छन् ।
धरान उपमहानगरपालिका घरान वडा नं. १३ को नागेश्वर मार्गमा आज दिउसो करिब २ बजे घरमाथीबाट पहिरो खस्दा निशान राईको १ तले टिनको छानो भएको घर पुरिदा सो घर भित्र रहेका ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई पुरिएका हुन्।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो ३ बजे दुईजना बच्चाको शव मृत अबस्थामा फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।