
काठमाडौं – नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार बिहान बस दुर्घटना हुँदा ३० जना घाइते भएको र धाईतेहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ ।
भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ-५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ। अझै थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ।