News Portal

मोरङमा ३ लाख रुपैयाँको १५ लाख ब्याज मागेपछि एक परिवारको बिचल्ली हुने अवस्था

हिमालीसंचार संवाददाता
२६५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको एउटा घटना ३ लाख रुपैयाँको ८ बर्षमा १५ लाख ब्यज मागे पछि मोरङको रंगेलीमा एक परिवारको १५ घुर जग्गा समेत गुम्ने अवस्थामा पुगेको छ ।  

मोरङ जिल्लाको रंगली नगरपालीका-६, स्थित थानाटो नजिकै बसोबास गर्दै आएका भिरीदेवी पासवानको १५ घुर जग्गा सानो झुपडीमा बस्दै आई ररेता पनि सो जग्गाबाट समेत बारम्बार हटन दवाव दिदै आएपछि उनको परिवार बिचल्ली हुने अवस्थामा पुगेका छन । 

विस २०७० सालमा उनका श्रीमान सदानन्द पासवानले सुनवर्सी नगरपालिका घर भएका हाल  धनापलथान गाउँपालिका कर्सिया बजारमा व्यवसाय गर्दे आएका मन्तोष कुमार साहलाई १५ घुर जग्गा घितो पास गरेर छोराको विवाहका लागि   तीन लाख रुपैयाँ ऋण लिएका थिए । 

श्रीमान रहदा ३ लाख रुपैयाँ रकम समेत तिरेको भएता पनि जग्गा भने फिर्ता नगरेको उनको श्रीमती भिरी देवीले हिमालीसंचार डटकमसंग बताईन।  

श्रीमानको मृत्युपछि अहिले सानो झुपडीमा उनको छोरा श्रीलाल पासवान, बुहारी मुनिसा र २ नाति, १ नातिनी उक्त घरमा बसोबास गर्दे आईरहेका छन । उनको परिवारमा एक जनाको कमाईले ६ जनाको परिवार पालनपोषण गर्ने समेत हम्मेहम्मे परेको भिरीदेवीले बताईन ।  

अहिले आफू बसोबास गर्दे आईरहेको जग्गा मन्तोष साहले  ६ लाख रुपैयाँमा पुनः अर्को व्यक्तिलाई सो जग्गा पास गरेको बुझिएको छ । सोही व्यक्तिले आफुलाई घर हटाउन दवास समेत दिदै आईरहेको उनले बताईन। 

गरिव परिवारका लागि नगरपालिकाले दुई कोठाको पक्कि घर समेत बनाई दिने भनिएता पनि आफ्नो जग्गा समेत अर्कोको नाम रहेको हुनाले घर समेत बनाउन नसकेको र अहिले घरको छानो समेत प्वाल परेर बर्षायामा बस्न समेत अप्ठ्यारो परेको उनले बताईन । 

अहिले मन्तोष साहले ८ बर्षको व्याज सहित १५ लाख रुपैयाँ दिनुपर्ने नत्र घर हटाउन दवाव समेत दिदै आएको र मन्तोषले आफुलाई पढन लेख्न समेत नआउने भएकोले उनीहरुले विभिन्न कागजमा सहिछाप समेत लगाउन लगाएको पिडित  भिरी देवीले बताईन ।  

मन्तोष साहलाई हिमालीसंचार डटकमले टेलिफोन सम्पर्क गर्दा उनले भने आफुलाई सो बिषयमा  कुनै कुरा थाहा नभएको भन्दै पंछिन खोजेका छन्। पिडितको बिषयमा बारम्बार नगरपालिकामा रहेको न्यापालीकामा छलफलका लागि मन्तोषलाई  वारम्बार बोलाउदा समेत नआउने र कुनै कुरा गर्दा झर्किने गरेको पिडितका आफन्त निरज पासवानले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...