
काठमाडौं – ताप्लेजुङ फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानीको सर्पको टोकाईबाट मृत्यु भएको छ।
जिल्ला अस्पताल ताप्लेजुङमा शनिबार विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।
उनको शव आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ। पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएका बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए ।
झारफुक पश्चात पनि स्वास्थ्यमा थप सस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको हुदा हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो।