
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं.-४ स्थित कर्सियाको वीपी चोकमा रहेको सिटिजन बैंक लुटन आएका तीन जनालाई रंगेली प्रहरीले आज सार्वजनिक गरेको छ।
मोटरसाईकलमा आएका यी समूहले बैंकमा कार्यरत एक जना बैंक सुरक्षा गार्ड मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं.-२ बस्ने ४० वर्षीय सितल कुमाललाई गोली प्रहार गरी घाईते बनाएका थिए ।
बैकबाट नगद लुटपाट गरी फरार रहेकाहरुलाई प्रहरी चौकी अमाहीवरियाती तथा सशत्र प्रहरीको बेस क्याप मायाँ गञ्जको संयुक्त गस्ती टोलीले लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने वर्ष ३२ को श्याम मुखिया, देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनीको साथबाट को २५ प ३८९९ नम्बर १५० सीसीको निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान-१, नपड्किएको गोली राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान-१ नोकिया कम्पनीको सादा मोवाईल थान-१ समेत गरेको प्रहरीले जनाएको छ ।