News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहकाे दसैं शुभकामना सन्देश

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक व्यवस्था, आफू, आफ्नो समुह र त्यसभित्रको गुटमा अल्झिएको बताएका छन्। मंगलबार दसैंको अवसरमा जारी शुभकामना सन्देशमा शाहले राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको जनाएका हुन्।

पूर्वराजाले भने, ‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पुर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो। तर राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यसभित्रको गुटमा अल्झिएको छ। कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी महँगी र अनेक अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’

उनले भने, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौं।’

प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले दिएको उनले सन्देशमा उल्लेख गरेका छन्। नवदुर्गा भवानीले देशमा राष्ट्रिय कर्तव्य निर्वाह गर्नसक्ने सामर्थ प्रदान गरुन् भन्ने कामना पूर्व राजा शाहको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...