
रविन्द्र बराल/मोरङ – लुथरन विश्व फेडेरेसन र लुथरन सामुदायिक कल्याण सहयोग र कोशी कोभिड–१९ उपचार केन्द्रको समन्वयमा हेल्प–डेस्क सेवा असोज २१ गतेबाट सञ्चालन गरिएको छ ।
कोभिड–१९ का कारण प्रभावित तथा संक्रमित विरामीहरुलाई र विरामीहरुको अभिभावकहरुलाई कोशी कोभिड–१९ उपचार केन्द्रको सेवा बारेमा प्रभावकारी रुपमा जानकारी दिनका लागि यस हेल्प डेस्कलाई संचालनमा ल्याइएको हो ।
हाल हेल्प–डेस्कका लागि २ जना स्वयम्सेवकहरुको परिचालन गरिएको बारेमा कार्यक्रम अनुगमन तथा मूल्याङ्कन व्यवस्थापक सुमन राईले बताउनुभयो र हेल्प–डेस्कसँगै टोल फ्रिः नम्बरको पनि व्यवस्था गरिएको बारेमा बताउनुभयो ।
उक्त हेल्प–डेस्कको टोल फ्रिः नम्बर ९८०१५७१०३६ रहेको छ, जसमा कल गरेर कोभिड–१९ उपचार सेवाबारे निःशुल्क रुपमा परामर्श लिन पाइनेछ । यस अघि कारितास नेपालको सहयोगमा हेल्प–डेस्क सञ्चालन गरिएको थियो, तर सेप्टेम्बरदेखि कारितास नेपालसँगको सम्झौता सकिएको कारणले हेल्प डेस्क संचालन रोकिएको थियो । जसलाई लुथरनले पुनः सँचालनका लागि प्राविधिक सहयोग उपलब्ध गरेको हो ।