News Portal

  • लुथरनद्वारा समाजद्वारा कोभिड–१९ प्रभावितहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री वितरण

    हिमालीसंचार संवाददाता
    २९१ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङमा कोभिड–१९  प्रभावित घरधुरीहरुलाई लक्षित गरी लुथरन सामुदायिक कल्याण समाजले मोरङ्का १५३ घरधुरीहरुलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाई सामाग्री वितरण गरेको छ ।

    लुथरन विश्व फेडेरेसन नेपालसँगको साझेदारी र स्थानीय सरकारसँगको समन्वयमा कानेपोखरी गाउँपालिका वार्ड नं १ का ३८ घरधुरी, रंगेली नगरपालिका वार्ड नं. १ र ८ मा गरी ७३ घरधुरी र जहदा गाउँपालिका वार्ड नं. ५ मा ४२ घरधुरीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री वितरण गरिएको हो । 

    कार्यक्रम अधिकृत भिम कुमार पोखरेलका अनुसार खाद्यान्न अन्तर्गत प्रति घरधुरी २५ किलो चामल, ३ किलो मसुर दाल, २ किलो नून, २ लिटर तोरीको तेल, २ किलो चिनी, ४०० ग्राम सोयाविन, २ किलो आँटा पिठो र सरसफाई सामाग्री अन्तर्गत प्रति घरधुरी ६ पिस नुहाउने साबुन, २ वटा दाँत माझ्ने ब्रस, २ वटा लुगा धुने साबुन, १ थान नैनी, १ थान काँइयो, १ वटा मञ्जन र १ वटा झोला उपलब्ध गराइएको हो । 

    कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित घरधुरीहरुको छनौट गरी उक्त सामाग्रीहरु वितरण गरिएको हो । वितरण कार्यक्रमका लागि घरधुरीहरुको छनौट गर्दा एकल महिला, वृद्ध–वृद्धा, अपाङ्गता भएको परिवार, सुत्केरी महिला आदिलाई प्राथमिकतामा राखिएको विषयमा कार्यक्रम संयोजक जोयल सोरेनले बताउनुभयो । 

    वितरण कार्यक्रममा बौल्दै रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले भन्नुभयो–‘कोभिड–१९ महामारीले विश्व्यापी रुपमा असर गरिरहेको अवस्थामा लुथरनले रंगेली नगरपालिका क्षेत्रमा विविध कोभिड–१९ प्रतिकार्यका कामहरु गर्दै आएको छ । 

    यसै सिलसिलामा आजको यस खाद्यान्न तथा सरसफाई सामाग्री वितरण कार्यक्रमका लागि नगरपालिकाको तर्फबाट लुथरनलाई धेरै–धेरै धन्यवाद छ । दशैँ पर्व नजिकिँदै गरेको अवस्थामा र महँगीको मारमा परेको समुदायलाई यस कार्यक्रमले ठूलो राहत पुग्ने अपेक्षा छ ।’ 

    सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेनले मन्तव्यको क्रममा बताउनुभयो– ‘दातृ निकाय अष्ट्रेलियन एड र साभेदार सँस्था लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा रु. पाँच लाख, बाह्र हजार बराबरको खाद्यान्न तथा सरसफाई सामाग्री लक्षित वर्गहरुलाई वितरण गरिएको हो’ र दशैँ पछि, तिहार अघि पनि अति आवश्यकमा परेकाहरुका लागि खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दिने विषयमा जानकारी दिनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...