News Portal

लुथरनद्वारा समाजद्वारा कोभिड–१९ प्रभावितहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री वितरण

हिमालीसंचार संवाददाता
३५० पटक

रबिन्द्र बराल/मोरङ – मोरङमा कोभिड–१९  प्रभावित घरधुरीहरुलाई लक्षित गरी लुथरन सामुदायिक कल्याण समाजले मोरङ्का १५३ घरधुरीहरुलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाई सामाग्री वितरण गरेको छ ।

लुथरन विश्व फेडेरेसन नेपालसँगको साझेदारी र स्थानीय सरकारसँगको समन्वयमा कानेपोखरी गाउँपालिका वार्ड नं १ का ३८ घरधुरी, रंगेली नगरपालिका वार्ड नं. १ र ८ मा गरी ७३ घरधुरी र जहदा गाउँपालिका वार्ड नं. ५ मा ४२ घरधुरीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री वितरण गरिएको हो । 

कार्यक्रम अधिकृत भिम कुमार पोखरेलका अनुसार खाद्यान्न अन्तर्गत प्रति घरधुरी २५ किलो चामल, ३ किलो मसुर दाल, २ किलो नून, २ लिटर तोरीको तेल, २ किलो चिनी, ४०० ग्राम सोयाविन, २ किलो आँटा पिठो र सरसफाई सामाग्री अन्तर्गत प्रति घरधुरी ६ पिस नुहाउने साबुन, २ वटा दाँत माझ्ने ब्रस, २ वटा लुगा धुने साबुन, १ थान नैनी, १ थान काँइयो, १ वटा मञ्जन र १ वटा झोला उपलब्ध गराइएको हो । 

कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित घरधुरीहरुको छनौट गरी उक्त सामाग्रीहरु वितरण गरिएको हो । वितरण कार्यक्रमका लागि घरधुरीहरुको छनौट गर्दा एकल महिला, वृद्ध–वृद्धा, अपाङ्गता भएको परिवार, सुत्केरी महिला आदिलाई प्राथमिकतामा राखिएको विषयमा कार्यक्रम संयोजक जोयल सोरेनले बताउनुभयो । 

वितरण कार्यक्रममा बौल्दै रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले भन्नुभयो–‘कोभिड–१९ महामारीले विश्व्यापी रुपमा असर गरिरहेको अवस्थामा लुथरनले रंगेली नगरपालिका क्षेत्रमा विविध कोभिड–१९ प्रतिकार्यका कामहरु गर्दै आएको छ । 

यसै सिलसिलामा आजको यस खाद्यान्न तथा सरसफाई सामाग्री वितरण कार्यक्रमका लागि नगरपालिकाको तर्फबाट लुथरनलाई धेरै–धेरै धन्यवाद छ । दशैँ पर्व नजिकिँदै गरेको अवस्थामा र महँगीको मारमा परेको समुदायलाई यस कार्यक्रमले ठूलो राहत पुग्ने अपेक्षा छ ।’ 

सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेनले मन्तव्यको क्रममा बताउनुभयो– ‘दातृ निकाय अष्ट्रेलियन एड र साभेदार सँस्था लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा रु. पाँच लाख, बाह्र हजार बराबरको खाद्यान्न तथा सरसफाई सामाग्री लक्षित वर्गहरुलाई वितरण गरिएको हो’ र दशैँ पछि, तिहार अघि पनि अति आवश्यकमा परेकाहरुका लागि खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दिने विषयमा जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...