News Portal

मिनिल्याण्ड स्कुलले स्वागत, विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो

हिमालीसंचार संवाददाता
१६८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा  रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले  कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । 

विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएको १०६ जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अथिति रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ट अतिथि प्यापसन माेरङका अध्यक्ष अर्जुन बस्नेत, अतिथि प्याब्सन मोरङका प्रमुख सल्लाहकार शुनिल पौडेल  , रंगेली नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रामचन्द्र मंन्डल, विराटनगर महानगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकी , रंगेली नगर प्याब्सन अध्यक्ष सूर्य गौतम, जिवन खनाल, विद्यालयका प्रिन्सीपल विर्कण कार्की, दिपेन्द्र थापा, आतिश पाैडेल, बुद्धिनाथ झा, अबिषेक अधिकारी लगायत काे उपस्थिति समेत रहेको थियो ।   

बिधालयले तीन बर्ष देखि ११ कक्षाको पठनपाठन सुरु गरेपछि यस क्षेत्रका छात्र, छात्राहरुले भने बिराटनगर सम्म गएर उच्च शिक्षाका लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकोमा आफूहरु खुशी भएको बेबि मुस्कानले बताईन ।   

रंगेलीमै कक्षा ११ र १२ को पठनपाठन गरि  गुणस्तीय शिक्षा प्रदान गर्न बिधालयले अबसर प्राप्त गरेको र आभिभावकहरुको सहयोग र साथ उतिकै  आबस्यक रहेको र आगामी दिनहरुमा बिज्ञान तथा अन्य संकायका विषयहरु समेत थपिदै लैजाने  जाने बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो । कक्षा १२ परिक्षा दिएकालाइ बिदाइ गरेको थियो।  कार्यक्रममा विधार्थीहरुले विभिन्न गीतहरुमा  आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर अथितिहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...