News Portal

  • मिनिल्याण्ड स्कुलले स्वागत, विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो

    हिमालीसंचार संवाददाता
    ११२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा  रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले  कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । 

    विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएको १०६ जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अथिति रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ट अतिथि प्यापसन माेरङका अध्यक्ष अर्जुन बस्नेत, अतिथि प्याब्सन मोरङका प्रमुख सल्लाहकार शुनिल पौडेल  , रंगेली नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रामचन्द्र मंन्डल, विराटनगर महानगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकी , रंगेली नगर प्याब्सन अध्यक्ष सूर्य गौतम, जिवन खनाल, विद्यालयका प्रिन्सीपल विर्कण कार्की, दिपेन्द्र थापा, आतिश पाैडेल, बुद्धिनाथ झा, अबिषेक अधिकारी लगायत काे उपस्थिति समेत रहेको थियो ।   

    बिधालयले तीन बर्ष देखि ११ कक्षाको पठनपाठन सुरु गरेपछि यस क्षेत्रका छात्र, छात्राहरुले भने बिराटनगर सम्म गएर उच्च शिक्षाका लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकोमा आफूहरु खुशी भएको बेबि मुस्कानले बताईन ।   

    रंगेलीमै कक्षा ११ र १२ को पठनपाठन गरि  गुणस्तीय शिक्षा प्रदान गर्न बिधालयले अबसर प्राप्त गरेको र आभिभावकहरुको सहयोग र साथ उतिकै  आबस्यक रहेको र आगामी दिनहरुमा बिज्ञान तथा अन्य संकायका विषयहरु समेत थपिदै लैजाने  जाने बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

    सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो । कक्षा १२ परिक्षा दिएकालाइ बिदाइ गरेको थियो।  कार्यक्रममा विधार्थीहरुले विभिन्न गीतहरुमा  आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर अथितिहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...