News Portal

जर्मनी बन्यो कतारमा हुने विश्वकपको लागि छनौट हुने पहिलो देश

हिमालीसंचार संवाददाता
३७९ पटक

एजेन्सी।
जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ। गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो।

विश्वकप छनौटको युरोपेली समूह जे मा रहेको जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ। दुई खेल खेल्न बाँकी छँदा दोस्रो स्थानको रोमानियाको १३ अंक छ। गएराति भएका अन्य खेलहरुमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ६–० ले हराउँदा वेल्सले इस्टोनियामाथि १–० को जित निकाल्यो।

यसैगरी चेक गणतन्त्रले बेलारुसलाई २–० ले पराजित गर्दा टर्कीले लात्भियामाथि २–१ को तथा नर्वेले मोन्टेनेग्रोमाथि २–० को जित निकाल्यो। क्रोएसिया र स्लोभाकियाले भने २–२ गोलको बराबरीमा चित्त बुझाए।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...