News Portal

  • कास्कीमा जीप दुर्घटना, चालक सहित ८ जना यात्रुको मृत्यु, भीरबाट एक जनाको उद्धार

    हिमालीसंचार संवाददाता
    १८० पटक

    अलिदेवी जंग गुरुङ/कास्की – कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-१० स्थित पर्यटकीय गाउँ घान्द्रुक सडक खण्डमा जीप दुर्घटना हुँदा जीप चालक सहित ८ जना यात्रुको घटना स्थलमा मृत्यु भएको छ। 

    घान्द्रुक सडक खण्डमा जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो। यात्रुहरु पर्यटकीन नगर घान्द्रुक क्षेत्र घुम्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पोखरा हुदै छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको थियो ।

    जीपका चालक सहित ९ जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ ।

    घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप मोदी खोलामा पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उक्त कच्चि सडक खण्डमा पर्ने कलाभीरमा निकै अप्ठेरो बाटो छ । 

    मृतकको सनाखत भई सकेको छ । ४२ बर्षीय जीप चालक खुशीमान क्षेत्री, जीपमा सवार १८ बर्षीया जीनलव धिसिङ, २४ बर्षीय सुजा चौधरी, २० बर्षीय लिजा चौधरी, २० बर्षीय सुमन चौधरी, २२ बर्षीय अछुतम काफ्ले, १८ बर्षीय आसिश आले रहेका छन्।जीप दुर्धटनामा मृतकहरुको शव पोष्टम्याटमको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाएको छ। 

    जीप दुर्धटनामा भाग्यले भरीमा अट्किएर बाचेका १७ बर्षीय विनय क्षेत्रीको स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको छ। उनको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...