News Portal

किरात राई यायोक्खाले १२ औ राष्ट्रिय जनगणना सम्बन्धि सचेतना मूलक प्रशिक्षण सम्पन्न

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं – नेपालमा राष्ट्रिय जनगणना विस २०७८ सालको १२ औ राष्ट्रिय जनगणना हुन लागेको समयमा गत शनिबार किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा ओखलढुंगा जिल्लामा जनगणनासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल सरकारले आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुलुकभर सञ्चालन गर्न लागेको  १२ औ राष्ट्रिय जनगणनामा जात/जाति महलमा ‘राई’, पुर्खाको भाषाको महलमा आफ्नो थरगत मातृभाषा, दोस्रो भाषाको महलमा नजिकको राई जातिको कुनै एक थरगत भाषा र धर्मको महलमा “किरात” धर्म लेख्न लेखाउने प्रश्नावलीमा उत्तरबारे सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

जसमा यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईसहितका अगुवाहरुले प्रशिक्षणसहितको आफ्नो धारण राखेका थिए ।

यायोक्खाले जनगणनामा जातिमा राई, मातृभाषामा आ-आफ्नो मातृभाषा, पुर्खाको भाषामा आ-आफ्नो मातृभाषा, दोस्रो भाषामा नजिक बसोबास रहेका राईभित्रको कुनै एक भाषा र धर्ममा किरात लेखाउनका लागि राईहरुको बसोबास रहेको क्षेत्रहरुमा अभियान सञ्चालन गरिरहेको छ ।

जनगणनामा राई जाति एक ढिक्का भएर अघि बढ्ने र राज्यसँग राजनीतिक, भाषिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बलियो हुने उदेश्यसहित अभियान चलाइएको हो ।

गत शनिबार नै ललितपुरको नखिपोट, ताल्छिखेल, विशालचोक, तिखेदेवल र खुमलटार क्षेत्रका राईहरुबीच पनि जनगणनाबारे अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न  गरिएको छ ।

यायोक्खाका उपाध्यक्ष टिकासरी साम्पाङ राई, महासचिव जनक राई, यायोक्खा प्रदेश समन्वय समिति बागमती अध्यक्ष सुमन राईसहितका अगुवाहरुको सहभागिता रहेको थिए ।

उक्त अवसरमा नारायण राईको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगरपालिका वडा नं १४ कार्यसमिति गठन गरिएको छ भने जनगणना अभियानका लागि उपसमिति समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...