News Portal

हङकङ जाने कार्गोमा लागू औषध पठाउने गिरोह पक्राउ, थप अनुसन्धान जारी

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौं – नेपाल हुदै हङकङ चरेस कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले मानभवनस्थित ब्‍लूस्टार कार्गोबाट हङकङ पठाउन लागेको ७ केजी ९७७ ग्राम चरेस र नगद १ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी–८ घर भएका ३२ वर्षीय अन्जित थापा, सुनकोसी गाउँपालिका–५ घर भई हाल काठमाडौं हात्तिवन बस्‍दै आएका ३० वर्षीय सुजन श्रेष्ठ, लिखसु गाउँपालिका–५ सिन्धुपाल्चोकका ४१ वर्षीय सागर भन्‍ने जालिन्द्र श्रेष्ठ रहेका छन्। 

त्यस्तै, पक्राउ पर्ने अन्यमा सखुवा पर्सौनी घर भइ हाल काठमाडौं महानगरपालिका ६ बौद्ध बस्‍दै आएका सिलाई बुनाइको काम गर्ने दिनदयाल महतो र उरावँकोर दीपेन्द्र महतो, काठमाडौं महानगरपालिका–१४, थाहा नगरपालिका–११ बस्ने ४५ वर्षीय रबि मुक्तान र थाक्रे गाउपालिका–३ धादिङका २३ वर्षीय मोतीलाल तामाङ रहेका छन्।

थाङ्कामा प्रयोग हुने आयातकार काठको लिस्टिभित्र चरेश लुकाई राखेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको खुलेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...