News Portal

  • मोरङको कर्सियमा गोली चल्दा एक सुरक्षागार्ड घाइते बैक लुटेराको तिघ्रामा गोली लाग्यो

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित कर्सिया बजारमा रहेको  सिटिजन बैंकको शाखामा लुटपाटको प्रयास  भएको छ ।

    सोमबार दिउँसो गोली लागेर घाइते भएका सुरक्षा गार्ड शितल कुमालले लुटेराहरुको पेस्तोल खोस्दा आफुमाथि गोली प्रहार भएको उनले बताएका छन् । सुरक्षा गार्ड किमालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार समेत भईरहेको प्रहरीले जनाएको छ ।

    पेस्तोल निकालेका कारण बैंकमा होहल्ला भएको र एक जना लुटेराको पेस्तोल खोसेपछि अर्का एक लुटेराले आफुमाथि गोली प्रहार गरेको बताए ।सुरक्षा गार्ड कुमाललाई लुटेराले प्रहार गरेको गोली  सुरक्षा गार्ड कुमालको कुममा लागेर आफु बेहोस भएको थिए। उनको होस खुल्दा अस्पतालको बेडमा रहेको उनले हिमालीसंचार डटकमसंग बताए । 

    सुरक्षा गार्ड कुमालका अनुसार ८ जनाको समुहमा आएका लुटेरा समुह मध्येका दुई जनाले बैंक भित्र प्रवेश गरेर पेस्तोल निकालेका थिए। लुटेराको गोली लागरे घाइते भएका कुमाल अहिले खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।  

    उच्च स्रोतका अनुसार बैंकमा २ वटा मोटरसाईकल  ५ जना मानिसहरुले  लुटपाट गर्ने क्रममा  रंगेली नगरपालिका २ बस्ने ४० बर्षीय सितल कुमाललाई  गोली प्रहार गरेको र  लुटपाट गरी भारत तर्फ भाग्ने क्रममा खयरवना प्रहरीले लुटेराहरुलाई नियन्त्रणमा लिएको थियो । 

    उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।  प्रहरीले  विराटनगर महानगर   ८ बस्ने वर्ष ३२ युवक र भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० अर्को भारत सेखपुरा ५ बस्ने वर्ष २८ का युवालाई प्रहरीले पक्राउ गरेको छ । 

    लुटेराहरुले दुईराउण्ड गोली चलाएको र एक जनाको तिघ्रामा समेत गोली लागेको प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...