
काठमाडौं – कमेडियन मनोज गजुरेल वैवाहिक बन्धनमा बाँधिएका छन्। पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका गजुरेलले सोमबार औपचारिकरुपमा वैवाहिक बन्धनमा बाँधिएको जानकारी सामाजिक संजाल फेसबुक मार्फत गराएका छन्।
मनोज गजुरेलले न्याय सेवामा कार्यरत अधिकृत मञ्जु पोखरेलसँग लगन गाँसेका हुन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी! जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ।’
गजुरेलले थपेका छन्, ‘यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’ सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।