News Portal

दशैमा मोबाईलको ब्याकटोनमा मालश्री धुन बजाउन बन्द गरियोस् – मोहन गोले तामाङ

दसैंमा टेलिकमको मोबाइलमा मालश्री धुन बजेपछि ल्होछारमा पनि तामाङसेलो बज्नु पर्छ

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाडौं – नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दसैंको बेला नेपाल टेलिकमले मोबाइल नम्बरको रिङटोनमा मालश्री धुन बजाउन तत्काल बन्द गर्न माग गरेका छन् ।

अध्यक्ष गोले तामाङका अनुसार, नेपाल बहुधार्मिक, बहुसांस्कृतिक बहुजातीय देश भएको र सबै जनताले दसैं–तिहार नमान्ने भएकोले कुनै एक धर्म र संस्कृतिको चाडलाई मात्रै विस्तार गर्नेगरी मालश्री धुन बजाउन नहुने बताएका हुन् ।

दसैंको बेला सरकारले सरकारी सञ्चार सेवाबाटै हिन्दूहरुको चाड दसैंलाई संकेत गर्ने मालश्री धुन बजाउने हो भने ल्होछार, उधौली–उभौली, माघी–माघे सक्रान्ति, भिन्तुना, छठ, इद लगायतका चाडपर्वहरुमा पनि उनीहरुको धुन बजाउनुपर्ने तामाङको भनाइ रहेको छ। 

‘नेपाल टेलिकमले दसैंको बेला मेरो मोबाइल टोनमा मालश्री धुन बजाउन तत्काल बन्द गरोस् किनकी, नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक बहुसांस्कृतिक देश हो । नेपालमा सबै दसैं–तिहार मान्ने समुदाय छैनन् । यहाँ ल्होछार, उधौली–उभौली, माघी–माघे सक्रान्ति, भिन्तुना, छठ, जितिया, कोशीपूजा, हरेला, इदलगायत थुप्रै आफ्नो मौलिक सभ्यताले विकास गरेको प्रकृतिसँग सम्बन्धित पर्व मान्ने समुदाय पनि छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यदि दसैंको बेला मोबाइल टोनमा मालश्री धुन बजाउने हो भने ल्होछारमा तामाङसेलो धुन बजाउनुपर्यो । अरु जाति, समुदायको पर्वमा पनि धुन बज्नुपर्यो ।’

उनले दसैंको बेला सरकारी सञ्चार सेवाबाटै मालश्री धुन बजाएर सरकारले दसैं नमान्नेहरुलाई मनोवैज्ञातिक रुपमा दसैं मान्न बाध्य बनाउने षडयन्त्र गरिरहेको उनको जिकिर छ।

उनले आफूले हिन्दूहरुको चाड दसैंको सम्मान गर्ने र सांस्कृतिक सहिष्णुता कायम गर्न चाहेको स्पष्ट पार्दै राज्यले संस्थागत रुपमै सुनियोजित प्रचार गरी कसैलाई मनोवैज्ञानिक रुपले प्रभाव पार्न खोजेको भन्दै अब राज्यको विभेदकारी हर्ककत स्वीकार नगर्ने प्रष्ट पारेका छन् ।

हाल दसैंको बेला नेपाल टेलिकमको फोन नम्बरमा फोन गर्दा मालश्री धुन बज्ने गरेको छ । बरु यतिबेला राष्ट्रिय जनगणना–२०७८ बारे सन्देशमूलक धुन बजाउनुपर्ने तामाङले बताएका छन्।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...