News Portal

  • दशैमा मोबाईलको ब्याकटोनमा मालश्री धुन बजाउन बन्द गरियोस् – मोहन गोले तामाङ

    दसैंमा टेलिकमको मोबाइलमा मालश्री धुन बजेपछि ल्होछारमा पनि तामाङसेलो बज्नु पर्छ

    हिमालीसंचार संवाददाता
    २८७ पटक

    काठमाडौं – नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दसैंको बेला नेपाल टेलिकमले मोबाइल नम्बरको रिङटोनमा मालश्री धुन बजाउन तत्काल बन्द गर्न माग गरेका छन् ।

    अध्यक्ष गोले तामाङका अनुसार, नेपाल बहुधार्मिक, बहुसांस्कृतिक बहुजातीय देश भएको र सबै जनताले दसैं–तिहार नमान्ने भएकोले कुनै एक धर्म र संस्कृतिको चाडलाई मात्रै विस्तार गर्नेगरी मालश्री धुन बजाउन नहुने बताएका हुन् ।

    दसैंको बेला सरकारले सरकारी सञ्चार सेवाबाटै हिन्दूहरुको चाड दसैंलाई संकेत गर्ने मालश्री धुन बजाउने हो भने ल्होछार, उधौली–उभौली, माघी–माघे सक्रान्ति, भिन्तुना, छठ, इद लगायतका चाडपर्वहरुमा पनि उनीहरुको धुन बजाउनुपर्ने तामाङको भनाइ रहेको छ। 

    ‘नेपाल टेलिकमले दसैंको बेला मेरो मोबाइल टोनमा मालश्री धुन बजाउन तत्काल बन्द गरोस् किनकी, नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक बहुसांस्कृतिक देश हो । नेपालमा सबै दसैं–तिहार मान्ने समुदाय छैनन् । यहाँ ल्होछार, उधौली–उभौली, माघी–माघे सक्रान्ति, भिन्तुना, छठ, जितिया, कोशीपूजा, हरेला, इदलगायत थुप्रै आफ्नो मौलिक सभ्यताले विकास गरेको प्रकृतिसँग सम्बन्धित पर्व मान्ने समुदाय पनि छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यदि दसैंको बेला मोबाइल टोनमा मालश्री धुन बजाउने हो भने ल्होछारमा तामाङसेलो धुन बजाउनुपर्यो । अरु जाति, समुदायको पर्वमा पनि धुन बज्नुपर्यो ।’

    उनले दसैंको बेला सरकारी सञ्चार सेवाबाटै मालश्री धुन बजाएर सरकारले दसैं नमान्नेहरुलाई मनोवैज्ञातिक रुपमा दसैं मान्न बाध्य बनाउने षडयन्त्र गरिरहेको उनको जिकिर छ।

    उनले आफूले हिन्दूहरुको चाड दसैंको सम्मान गर्ने र सांस्कृतिक सहिष्णुता कायम गर्न चाहेको स्पष्ट पार्दै राज्यले संस्थागत रुपमै सुनियोजित प्रचार गरी कसैलाई मनोवैज्ञानिक रुपले प्रभाव पार्न खोजेको भन्दै अब राज्यको विभेदकारी हर्ककत स्वीकार नगर्ने प्रष्ट पारेका छन् ।

    हाल दसैंको बेला नेपाल टेलिकमको फोन नम्बरमा फोन गर्दा मालश्री धुन बज्ने गरेको छ । बरु यतिबेला राष्ट्रिय जनगणना–२०७८ बारे सन्देशमूलक धुन बजाउनुपर्ने तामाङले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...