News Portal

धरानको कृषि बजारमा दुई दिनमा ३ करोड बरावरको खसी बोकाको कारोबार

हिमालीसंचार संवाददाता
४०३ पटक

धरान – धरान स्थित कृषि बजारमा २ दिनमा ३ करोड बराबरको खसी बोकाको कारोबार भएको छ। कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले दिएको जानकारी अनुसार दशैको मुखको बजार यही असोज २२,२३ गते बिहीबार र शुक्रवार गरी जम्मा २,६१० वटा खसी बोकाको कारोबार हुदा औसत मूल्य ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कोरोना महामारीको कारण बन्द रहेको कृषि उपज बजार स्थल खुलेको ३ साताको अवधिमा ६ हजार २ सय १९ वटा खसी बोका बिक्री भएको छ। जम्मा ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।

बजारमा विशेष गरी पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, पाँचथर र सुनसरीबाट बढी खसी बाख्रा आउने गरेको छ । लकडाउनका कारण औपचारिक रूपमा बजार नखुल्दा कृषकलाई धेरै समस्या भएकोमा अहिले आएर असोज पहिलो साता बाट खसी बजार खुलाए पछि कृर्षकलाई पनि सहज भएको छ ।

यहाँबाट खसी बोका प्रदेश १ र २ का मुख्य सहरहरू  हुदै काठमाडौँ सम्म निर्यात गर्ने गरिएको छ । यो बजार प्रदेश न. १ को खसी बजारको नमुनाको रूपमा बिकसित भएको र आर्थिक गतिविधि पनि वृद्धि भएको व्यवस्थापक भट्टराई बताउँछन् ।

कृषि उपज बजारमा धरान उपमहानगरपालिकाको सहयोगमा बजारबाट नै निर्यातका लागि खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी गरी गर्ने व्यवस्था मिलाए पछि ब्यपारी कृषकलाई सहज भएको छ । दसैँ नजिकिएसँगै धरानको कृषि उपज बजार स्थलमा खसी बोकाको कारोबार पनि ह्वात्तै बढेको छ ।

खसी बोकाको बजार विशेष गरी दसैँ तिहारको बेला बढी खरिद बिक्री हुने गरेकोले अब दसैँ नजिकिए सँगै खरिद बिक्री पनि बढ्ने गर्छ । 

धरानमा टाढा टाढाका जिल्लाबाट खसी बोका बिक्रीका लागि आउने किसानहरूलाई बजारमै सशुल्क सुत्ने बेड तथा पानी बत्ती, काटा, सिसिटिभी, रिफे्रस सेन्टरको व्यवस्था पनि गरिएको छ । त्यस्तै,  धरानमा खसी बोका थुन्ने घरको पनि नि:शूल्क व्यवस्था गरिएको छ ।

कृषि उपज बजार स्थलमा यसपटक कृषि उपज बजार स्थलको खसी बोका बजार खुलेर कृषक र व्यापारीलाई निकै ठुलो राहत पुगेको छ । यहाँको खसी बोका बजार निकै व्यवस्थित भएको किसान र व्यापारीले बताए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...