News Portal

धरानको कृषि बजारमा दुई दिनमा ३ करोड बरावरको खसी बोकाको कारोबार

हिमालीसंचार संवाददाता
४३९ पटक

धरान – धरान स्थित कृषि बजारमा २ दिनमा ३ करोड बराबरको खसी बोकाको कारोबार भएको छ। कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले दिएको जानकारी अनुसार दशैको मुखको बजार यही असोज २२,२३ गते बिहीबार र शुक्रवार गरी जम्मा २,६१० वटा खसी बोकाको कारोबार हुदा औसत मूल्य ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कोरोना महामारीको कारण बन्द रहेको कृषि उपज बजार स्थल खुलेको ३ साताको अवधिमा ६ हजार २ सय १९ वटा खसी बोका बिक्री भएको छ। जम्मा ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।

बजारमा विशेष गरी पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, पाँचथर र सुनसरीबाट बढी खसी बाख्रा आउने गरेको छ । लकडाउनका कारण औपचारिक रूपमा बजार नखुल्दा कृषकलाई धेरै समस्या भएकोमा अहिले आएर असोज पहिलो साता बाट खसी बजार खुलाए पछि कृर्षकलाई पनि सहज भएको छ ।

यहाँबाट खसी बोका प्रदेश १ र २ का मुख्य सहरहरू  हुदै काठमाडौँ सम्म निर्यात गर्ने गरिएको छ । यो बजार प्रदेश न. १ को खसी बजारको नमुनाको रूपमा बिकसित भएको र आर्थिक गतिविधि पनि वृद्धि भएको व्यवस्थापक भट्टराई बताउँछन् ।

कृषि उपज बजारमा धरान उपमहानगरपालिकाको सहयोगमा बजारबाट नै निर्यातका लागि खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी गरी गर्ने व्यवस्था मिलाए पछि ब्यपारी कृषकलाई सहज भएको छ । दसैँ नजिकिएसँगै धरानको कृषि उपज बजार स्थलमा खसी बोकाको कारोबार पनि ह्वात्तै बढेको छ ।

खसी बोकाको बजार विशेष गरी दसैँ तिहारको बेला बढी खरिद बिक्री हुने गरेकोले अब दसैँ नजिकिए सँगै खरिद बिक्री पनि बढ्ने गर्छ । 

धरानमा टाढा टाढाका जिल्लाबाट खसी बोका बिक्रीका लागि आउने किसानहरूलाई बजारमै सशुल्क सुत्ने बेड तथा पानी बत्ती, काटा, सिसिटिभी, रिफे्रस सेन्टरको व्यवस्था पनि गरिएको छ । त्यस्तै,  धरानमा खसी बोका थुन्ने घरको पनि नि:शूल्क व्यवस्था गरिएको छ ।

कृषि उपज बजार स्थलमा यसपटक कृषि उपज बजार स्थलको खसी बोका बजार खुलेर कृषक र व्यापारीलाई निकै ठुलो राहत पुगेको छ । यहाँको खसी बोका बजार निकै व्यवस्थित भएको किसान र व्यापारीले बताए ।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...