News Portal

मोरङको रंगेलीमा ६६ औं प्रहरी दिवसको अवसरमा बृक्ष रोपन

हिमालीसंचार संवाददाता
३०६ पटक

रबिन्द्र बराल/मोरङ – नेपाल प्रहरीले ६६ औ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको छ।

दिवसको अवसरमा “तपाईको माक्स खोई” भन्ने अभियान अन्तर्गत रंगेलीको मुख्य बजारमा आवत जावत गर्ने ५ सय जना सर्वसाधारणहरुको लागि  माक्स वितरण गरेको थियो । प्रहरीले दिवसलाई लक्षित गरेर मुख्य बजारमा रहेको काली मन्दिरको वरिपरी  सरसफाई कार्याक्रम  समेत गरेको छ ।  

प्रहरी परिसर भित्रमा “एक प्रहरी एक बिरुवा” भन्ने मुल नाराका साथ कार्यालय परिसर भित्र कटहर, अशोक, कदम, आँप, लिची, अमला र  कागती गरी  १ सय ६३ थान विरुवा बृक्षा रोपन समेत गरेका छन।

समाजमा शान्ति सु-व्यवस्था अमन चयन कायम गर्न २४ सै घण्टा समर्पित नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरी यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा निरन्तर प्रयत्नरत रहि रहने ईलाका प्रहरी कार्यालय रंगेलीका  निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक देव पुकार यादवले हिमालसंचार डटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...