News Portal

मोरङको रंगेलीमा ६६ औं प्रहरी दिवसको अवसरमा बृक्ष रोपन

हिमालीसंचार संवाददाता
३४२ पटक

रबिन्द्र बराल/मोरङ – नेपाल प्रहरीले ६६ औ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको छ।

दिवसको अवसरमा “तपाईको माक्स खोई” भन्ने अभियान अन्तर्गत रंगेलीको मुख्य बजारमा आवत जावत गर्ने ५ सय जना सर्वसाधारणहरुको लागि  माक्स वितरण गरेको थियो । प्रहरीले दिवसलाई लक्षित गरेर मुख्य बजारमा रहेको काली मन्दिरको वरिपरी  सरसफाई कार्याक्रम  समेत गरेको छ ।  

प्रहरी परिसर भित्रमा “एक प्रहरी एक बिरुवा” भन्ने मुल नाराका साथ कार्यालय परिसर भित्र कटहर, अशोक, कदम, आँप, लिची, अमला र  कागती गरी  १ सय ६३ थान विरुवा बृक्षा रोपन समेत गरेका छन।

समाजमा शान्ति सु-व्यवस्था अमन चयन कायम गर्न २४ सै घण्टा समर्पित नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरी यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा निरन्तर प्रयत्नरत रहि रहने ईलाका प्रहरी कार्यालय रंगेलीका  निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक देव पुकार यादवले हिमालसंचार डटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...