News Portal

मगर संघ मकाउको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा शम्सेर थापा मगर निर्विरोध चयन

हिमालीसंचार संवाददाता
११५८ पटक

मकाउ – मकाउमा गठित मगर संघ मकाउको दोश्रो अधिवेशन हिजो आश्विन १० गते अर्थात २६ सेप्टेम्बर २०२१ ताईपा स्थित हिमालयन हाउस मकाउमा अध्यक्ष शम्सेर थापा मगरको नेतृत्वमा १९ सदस्यीय नया कार्य समिति गठन गरेको छ।

संघको अध्यक्ष शम्सेर थापा मगरको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास हङकङ-मकाउका लागि राजदूत उदय बहादुर राना मगर, मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगर विशेष अतिथि आमन्त्रित गरिएको थियो। कोरोना महामारीका कारण उपस्थि नभए पनी वहाँहरुले पठाउनु भएको भिडियो सन्देश कार्यक्रममा प्रदर्शन गरि कार्यक्रमा उपस्थित महानुभाव समक्ष शुभकामना ब्यक्त गरिएको सन्देश देखाईएको थियो। 

मगर संघ मकाउका अध्यक्ष तथा आयोजित कार्यक्रमका सभापति शम्सेर थापा मगर, नेपाल जनजाति माहासंघ मकाउका अध्यक्ष भीम कुमार राई “किरात”, किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई र मकाउ तामाङ घेदुङ एशोसियशनका उपाध्यक्ष कलबहादुर तामाङले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरेका गरेका थिए। 

नेपालका राष्ट्रिय गान बजाउदै शुरु गरिएको कार्यक्रममा नेपालको पहिलो सहिद लखन थापा मगर, संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर र गोरे बहादुर खपाङगी जस्ता वीर योद्धा सहिदहरुको सम्झनामा १ मिटेन मौन धारण गरी सम्मान ब्याक्त गर्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोका मगरले पठाउनु भएको भिडियो सन्देश समेत प्रदर्शन गरि उपस्थित मकाउका मगर समुदाय समक्ष प्रविधिको प्रयोग गरी देखाईएको थियो।  

नया कार्यसमिति अध्यक्ष शम्सेर थापा मगर, उपाध्यक्ष हिरा थापा मगर, उपाध्यक्ष सूर्य कुमार थापा मगर, उपाध्यक्ष राम राना मगर, महासचिव भुवन पुन मगर, सचिव द्रोण थापा मगर, कोषाध्यक्ष प्रेम बहादुर थापा मगर, सहकोषाध्यक्ष नेक सिंजाली मगर, सदस्यहरुमा त्रिपक श्रीष मगर, मान बहादुर थापा मगर, ईशु पुन मगर, निर्मला थापा मगर, भरत थापा मगर, दिपक श्रीष मगर, चन्द्र पुलामी मगर, पुजा थापा मगर, सुमन पुन मगर, चित्र थापा मगर र अनील कुमार थापा मगर गरी १९ सदस्य नया कार्यसमिति चयन गरिएको हो।

नव निर्वाचित कार्यसमितिलाई सल्लाहकार तथा निर्वाचन आयुक्त सदस्य दुर्गा थापा मगर, भिम बहादुर खाम्चा मगरले खादा ओढाई बधाई दिनुका साथै सपथ ग्रहण गराएका थिए। 

आयोजित कार्यक्रममा कलाकार समुहले मगर समुदायको मौलिक नृत्य प्रस्तु गरी कार्यक्रम थप रोचक बनाएका कार्यक्रम संघका नवनिर्वाचित महासचिव भुवन पुन मगर र सदस्य गीता मगर शेर्पाले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...