News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन यहिँ १७ तारिखमा हुदैँ

हिमालीसंचार संवाददाता
४३५ पटक

कुवेत सिटी।
कुवेतको चिरपरिचित नेपाली समाज कल्याणकारी नेपाली युवा समाजको तेश्रो अधिवेशन यहिँ १७ सेप्टेम्बर, २०२१ शुक्रबारका दिन हुने भएको छ। समाजले कवटमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको उक्त समाजका उपाध्यक्ष प्रदिप कार्कीले हिमालीसंचारलाई जानकारी दिए।

खेलकुद, सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको कुवेतको सक्रिय यो संस्थाले तेश्रो अधिवेशनको लागि कुवेतस्थित नेपाली दूतावास, बिभिन्न संघ-संस्थाहरू, पत्रकार, खेलाडी र कलाकारलगायत सबैलाइ संस्थागत र व्यक्तिगत रूपमा पत्राचार गरिसेकेको जनाउँदै समाजको तेश्रो अधिवेशनमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गरेको छ।

सन २०१७ मा गठन भई क्रियाशिल कल्याणकारी नेपाली युवा समाज कुवेतले कर्मथलो कुवेतमा विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकहरूलाई राहत उद्दार गर्ने देखि नेपालमा प्राकृतिक विपत्ति पर्दा होस वा, सांस्कृतिक, शैक्षिक तथा खेलकुदका क्षेत्रमा पनि सहयोग पनि गर्दै आएको छ।

त्यस्तै, यो संस्थाले कुवेतको नेपाली समाजमा खेलकुद प्रतियोगितासमेत गराइ कुवेतवासी नेपालीहरूमाझ लोकप्रिय मानिन्छ।

               तपशील:
मिति – १७ सेप्टेम्बर २०२१, शुक्रबार
स्थान – कवट सभाहल
समय – बिहान ११ बजे
आयोजक – कल्याणकारी नेपाली युवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...