News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन यहिँ १७ तारिखमा हुदैँ

हिमालीसंचार संवाददाता
३९४ पटक

कुवेत सिटी।
कुवेतको चिरपरिचित नेपाली समाज कल्याणकारी नेपाली युवा समाजको तेश्रो अधिवेशन यहिँ १७ सेप्टेम्बर, २०२१ शुक्रबारका दिन हुने भएको छ। समाजले कवटमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको उक्त समाजका उपाध्यक्ष प्रदिप कार्कीले हिमालीसंचारलाई जानकारी दिए।

खेलकुद, सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको कुवेतको सक्रिय यो संस्थाले तेश्रो अधिवेशनको लागि कुवेतस्थित नेपाली दूतावास, बिभिन्न संघ-संस्थाहरू, पत्रकार, खेलाडी र कलाकारलगायत सबैलाइ संस्थागत र व्यक्तिगत रूपमा पत्राचार गरिसेकेको जनाउँदै समाजको तेश्रो अधिवेशनमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गरेको छ।

सन २०१७ मा गठन भई क्रियाशिल कल्याणकारी नेपाली युवा समाज कुवेतले कर्मथलो कुवेतमा विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकहरूलाई राहत उद्दार गर्ने देखि नेपालमा प्राकृतिक विपत्ति पर्दा होस वा, सांस्कृतिक, शैक्षिक तथा खेलकुदका क्षेत्रमा पनि सहयोग पनि गर्दै आएको छ।

त्यस्तै, यो संस्थाले कुवेतको नेपाली समाजमा खेलकुद प्रतियोगितासमेत गराइ कुवेतवासी नेपालीहरूमाझ लोकप्रिय मानिन्छ।

               तपशील:
मिति – १७ सेप्टेम्बर २०२१, शुक्रबार
स्थान – कवट सभाहल
समय – बिहान ११ बजे
आयोजक – कल्याणकारी नेपाली युवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...