News Portal

विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

हिमालीसंचार संवाददाता
४५१ पटक

काठमाडौं। 
वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न र पाइएमा कडा कारवाही गरिने पनि भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष रुपमा सञ्चारमाध्यम र सामाजित सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।’

साथै, त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्नेउपर प्रचिलित कानुन बमोजिम कडा कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...