News Portal

विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

हिमालीसंचार संवाददाता
४०८ पटक

काठमाडौं। 
वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न र पाइएमा कडा कारवाही गरिने पनि भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष रुपमा सञ्चारमाध्यम र सामाजित सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।’

साथै, त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्नेउपर प्रचिलित कानुन बमोजिम कडा कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...