News Portal

रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार !

हिमालीसंचार संवाददाता
४६३ पटक

मदन ठाकुर, रौतहट।
रौतहटमा एक दलित किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो।

घरबाट दाउरा टिप्न गाउँ नजिकैको आँपको बगैचामा गएको बेला माधवनारायण नपा ५ मिठुअवा टोलका तीन युवाहरुले मंगलबार अपरान्ह दलित किशोरीको मुख थुनेर पालैपालो बलात्कार गरेका थिए। किशोरीमाथि युवाहरुले जवरजस्ती करणी गरेर फरार भएपछि बलात्कार पछिको पीडा सहन गर्न नसक्दै रुँदै छट्पटिरहेको अवस्थामा उनका छिमेकीहरुले तत्कालै पिडितलाई उद्धार गरी उनको घरसम्म पुर्याएका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले पीडितको स्थानीय स्तरमा उपचार भइरहेको र किशोरीमाथि घटेको घटनाको अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न रहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। युवतीको बयानका आधारमा मंगलबार राति १२ बजेको समयमा १८ वर्षिय किसुनी सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

डिएसपी भण्डारीले पीडित किशोरीको बुधबार स्वास्थ्य परीक्षण गराइसकेको र नियन्त्रणमा लिएका सहनीलाई जिल्ला अदालत गौरमा ५ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको बताउँदै घटनामा संलग्न अन्य फरार रहेका दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको डिएसपी भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...