News Portal

सिरियामा इस्लामिक स्टेटको हमलामा २०० सयको मृत्यु

हिमाली संचार संवाददाता
६१५ पटक

बीबीसी  – सिरिया सरकारको नियन्त्रण रहेको दक्षिण पश्चिमी इलाकामा इस्लामिक स्टेटका लडाकूको श्रृङ्खलाबद्ध हमलामा परी कम्तीमा पनि दुई सय १५ को मृत्यु भएको स्थानीय अधिकारी र मानवाधिकार समूहले बताएका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार इलाकाको मुख्य शहर स्वीदामा ५० भन्दा बढिको मृत्यु भएको छ । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त हमलामा मृतकको संख्या दुईसय बढि हुनसक्ने विभिन्न संचार माध्यमले बताएका छन् ।

खबरका अनुसार हमलापछि शहरको पूर्वी हिस्सामा सरकार र चरमपन्थीबीच दोहोरो गोलीबारी भएको छ ।

सिरियाको सरकारले देशको दक्षिणी हिस्सामा बिद्रोहीको कब्जा भएको इलाकालाई पुनः नियन्त्रणमा लिनका लागि रुसको मद्दतमा हालै कारवाही सुरु गरेको थियो ।

संवाददाताका अनुसार इस्लामिक स्टेटको ताजा हमला, सरकारको नियन्त्रण भएको इलाकामा केही महिना यता अहिलेसम्मको सबैभन्दा ठूलो हमला हो ।

ब्रिटेनस्थित सिरियन अब्जरवेटरी फर ह्यूमन राइट्ले यो हमलामा कम्तीमा एक सय १४ जनाको मृत्यु भएको जसमध्ये ४० सर्वसाधारणबाहेक धेरैजसो सरकारका समर्थक लडाकु भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रका अनुसार यो इलाकामा हिंसाका कारण कम्तीमा दुई लाख ७० हजार पलायन भइसकेको छन् ।

.

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...