News Portal

राति अबेर खाना खाने गर्नुभएको छ भने स्वास्थ्यका लागि यी हुन् ठूला ५ खतरा !

हिमालीसंचार संवाददाता
७७४ पटक

काठमाडौँ।
सही समयमा खाना शरीरका लागि जति फाइदाजनक हुन्छ, त्यति नै हानिकारक छ– गलत समयमा खाना खानु। जस्तोः राति अबेर खाना खाँदा विभिन्न रोगको खतरा बढ्छ। एक अनुसन्धान अनुसार रातिको खाना सुत्नुभन्दा ३ घण्टा अगाडि तथा खाजा खाएको ९० मिनेट पहिले खानुपर्छ। अनि मात्रा खाना राम्रोसँग पच्न पाउँछ। खाना विशषेज्ञ डा.शिवानी चतुर्वेदीले राति अबेर खाना खाँदा हुने ठूला ५ खतराबारे बताएका छन्।

१) मोटोपना सबैभन्दा ठूलो खतरा
नर्थ वेस्टर्न युनिभर्सिटीका अनुसार राति खाना खानासाथ सुत्ने गर्नाले मोटोपना हुने खतरा हुन्छ। यसले शरीरमा लामो समय अतिरिक्त क्यालोरी एकत्रित हुन्छ, जसले बोसो बढाउँछ।

२) ब्लडप्रेसर, डाइबिटिज, मुटुसम्बन्धी रोगको जोखिम
युनिभर्सिटी अफ पेन्सिलबेनियामा भएको अनुसन्धान अनुसार राति अबेर खाना खाँदा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) र मधुमेह (डाइबिटिज) हुने खतरा बढ्छ। यसले शरीमार ग्लुकोजको मात्रा बढाउँछ। रगतमा एक विशेष प्रकारको बोसो बढाउँछ, जसबाट मुटुसम्बन्धी रोगको खतरा हुन्छ।

३) स्मरण शक्तिमा असर
युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकले मुसामा गरेको अनुसन्धान गरेका थिए। त्यस क्रममा जुन मुसालाई सुत्ने समयमा खानेकुरा दिइएको थियो, तिनको स्मरण शक्ति र सिक्ने क्षमतामा प्रभाव परेको पाइयो। ती मुसामा स्मरण शक्ति निर्माण गर्ने अणुमा असर परेको पाइयो।

४) इटिङ डिसअर्डर अर्थात् खाने बानी बिग्रिन्छ
अबेर राति खाने गर्दा इटिङ डिसअर्डर हुने जोखिम बढ्छ। वास्तवमा यो थकित हुनाका कारण हुन्छ। थकित व्यक्तिले चाँडै पेट भरिने खाना खान्छ।

५) पाचन प्रणालीमा गडबडी र पोषण प्राप्त नहुने हुन्छ
रातिको समय शारीरिक गतिविधि कम हुने हुँदा मेटाबोलिजम सुस्त हुन्छ। शरीरलाई भोजन पचाउन समस्या हुन्छ। यसले गर्दा शरीरले सही पोषण पाउँदैन र विभिन्न रोगको खतरा बढ्छ।
– एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...