News Portal

श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दा कति फाइदा ?

हिमाली संचार संवाददाता
६९० पटक

श्रीमानले जागिर खाने वा बाहिरको काम गर्ने र श्रीमतीले घरको काम गर्ने सिद्दान्त अब पुरानो भइसकेको छ । श्रीमान-श्रीमती दुवैले बाहिर काम नगरे घर चलाउनै मुश्किल पर्छ ।

फेरि, अहिलेका महिलाहरु पढेलेखेका र दक्ष भएकाले विभिन्न कार्यालयमा राम्रो जागिर खाइरहेका छन् । कतिपय त श्रीमान र श्रीमती एउटै कार्यालयमा काम गरिरहेको पनि पाइन्छ । यस्तो धेरैजसो पारिवारिक व्यवसाय भएकाहरुका हकमा हुन्छ ।

श्रीमान-श्रीमती एकै स्थानमा बसेर काम गर्दा ‘बोरिङ’ होला भन्ने कतिपयलाई लाग्न सक्छ । तर, यो सत्य होइन । श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दाका धेरै फाइदा छन् । के हुन् त ती फाइदा ?

कामको लागि राम्रो समझदारी

वैवाहिक जीवनमा श्रीमान-श्रीमतीबीच समझदारी अति आवश्यक हुन्छ । यस्तोमा यदि तपाईंहरु दुवैजना एउटै कार्यालयमा काम गर्नुहुन्छ भने समझदारी झनै बढ्छ । किनभने, तपाईंहरु दुवैले एक अर्काको भूमिका राम्रो सँग बुझ्नसक्नु हुन्छ र उनीहरुलाई समर्थन गर्नुहुन्छ । अनि आफ्नो पेशाको सबै सुखदुख एक-अर्कालाई थाहा हुन्छ ।

सँगै यात्रा गर्न पाइने

श्रीमान र श्रीमतीको कार्यालय फरक-फरक हुँदा दुवैलाई जाँदा-आउँदा बाटो मिल्दैन र यात्रामा छुट्टाछुट्टै पैसा खर्च गर्नु पर्छ । तर, एउटै कार्यालय भएमा एउटै सवारी साधनमा सँगै आउने-जाने गर्न सकिन्छ र खर्च कम हुन्छ । सँगै यात्रा गर्दा रमाइलो पनि हुन्छ ।

एक-अर्काका लागि पर्याप्त समय

कार्यालयबाट बेलुका घर फर्किदा तपाईंलाई थकान महसुस हुन्छ र आफ्नो पार्टनरलाई पर्याप्त समय दिन सक्नुहुन्न । तर, यदि दुवै जना एकै स्थानमा काम गर्दा एक-अर्कासँग पर्याप्त समय बिताउन सकिन्छ, चाहे त्यो कामकै सिलसिलामा किन नहोस ।

सफलताको खुसीयाली सँगै मनाउने

सँगै काम गर्दा एक-अर्काको सफलतालाई सेयर गर्न सकिन्छ र सँगै खुशी मनाउन सकिन्छ ।

व्यावसायिक साथ

पार्टनरले तपाईंको कामलाई नजिकबाट बुझ्न सक्छन् र तपाईंहरु दुवैले एक अर्काको लागि आवश्यक व्यावसायिक समर्थन दिन सक्नुहुन्छ । साथै आवश्यक परेमा आफ्नो पार्टनरसँग सल्लाह लिन र दिन सक्नुहुन्छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...