News Portal

संघर्ष र सफलता चित्रित “मायाको संसार” सार्वजनिक

हिमालीसंचार संवाददाता
७०८ पटक

झापा– पारिवारिक वियोग, सशस्त्र द्वन्द्व, एकल महिलाको संघर्ष र सफलतालाई समेटिएको नेपाली डकुमेन्ट्री फिल्म मायाको संसार साउन १५ गते सार्वजनिक भएको छ । इलामकी मायादेवी भण्डारी भट्टराईको वास्तविक जीवनकथालाई ४७ मिनेटको डकुमेन्ट्रीमा अटाएर कथाकार रामप्रसाद ढुंगेलले पत्रकारिताका साथमा नेपाली डकुमेन्ट्री फिल्डमा राम्रो सम्भावना देखाएका छन् ।

नेपालमा माओवादीले चलाएको सशस्त्र द्वन्द्वले नेपाली जनजीवनमा पारेको असर र त्यसले उत्पन्न गरेको पारिवारिक वियोग, एकल महिलाले गर्नुपरेको संघर्ष र संघर्षपछिको सफलतालाई सिलसिलेबार प्रस्तुत गरिएको मायाको संसारले एउटा पारिवारिक जीवनको करिब १५ वर्षको अन्तरालमा आएका उतारचढावलाई देखाएको छ ।

इलामको सामाजिक, राजनीतिक, व्यावसायिक जीवनमा परिचित व्याक्तित्व माया भट्टराईका वास्तविक जीवनकथालाई ३ वर्षको रिसर्च, ३ दिनको सुटिङ र ३ महिनाको सम्पादनमा सार्वजनिक गर्न सफल भएको यसका परिकल्पनाकार तथा लेखक ढुंगेलले बताएका छन् । डकुमेन्ट्री हेर्न लायक बनेको छ । केही प्राविधिक त्रुटि भए पनि मार्मिक कथा तथा दृश्यले दर्शकलाई रुवाउने अवस्था फिल्माङ्कन गरिएको छ । डकुमेन्ट्रीमा वास्तविक क्रियाकलाप, पात्र, बाइट र संवाद राखिएको छ ।

गत वैशाख ७ गतेकै दिन सुटिङ प्रारम्भ गरिएको यस डकुमेन्ट्री विर्तामोडको समृद्धि फोटो भिडियाे सेन्टरले उत्पादन गरेको हो । यसको छायांकन र सम्पादनमा सिनेमाटोग्राफर देवेन्द्र निरौलाको योगदान रहेको छ । युएईको राजपरिवारमा करिब १० वर्ष भिडियोग्राफी गरेर भर्खर नेपाल फर्किएका निरौला समृद्धि फोटो भिडियो सेन्टरका संस्थापक/प्रमोटर पनि हुन् ।

हरि बस्नेत डिके को निर्देशन रहेको यो डकुमेन्ट्रीकाे सम्पादन रामप्रसाद ढुंगेल, देवेन्द्र निरौला, मिलन संग्रौला, हरि बस्नेत र पुर्णप्रसाद ढुंगेलले गरेका हुन् । सन्देश कार्कीले ध्वनि नियन्त्रकका रुपमा काम गरेका छन् भने रिचा उप्रेतीको भोइस ओभर रहेको छ । नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव रहेका ढुंगेलले यस अगाडि योगदान रास्ट्रको लागि शीर्षकमा एक डकुमेन्ट्री तयार पारेका थिए ।

समृद्धि टिभी नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको मायाको संसार बिद्या चापागाईंको हेर्ने कथाबाट प्रभावित छ । यसले उठान गरेको विषयबस्तु दरिलो छ । यो डकुमेन्ट्री हेरेर यसको दरिलो पक्ष नै मार्मिकता, कलात्मकता, प्रस्तुतीकरण र सन्देशमुलक रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । यो लिन्क्मा डकुमेन्ट्री हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...