News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    काठमाडौं।
    सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो।

    यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो। प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याएको हो।

    त्यसैगरी लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई पठाइएको छ। संविधान अनुसार एकै प्रदेशमा एकचोटि भन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई गण्डकी नपठाएर लुम्बिनी पठाइएको हो। संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने उल्लेख छ।

    संविधानले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार राष्ट्रपतिलाई दिएको छ । धारा १६३ को २ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ।’ त्यसैगरी उपधारा ३ मा भनिएको छ, ‘राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ।’

    सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पनि हटाउने सरकारले तयारी गरेकोमा मंगलबारको मन्त्रिपरिषदले यसबारे निर्णय गरेन। प्रदेश २ मा जसपाका तर्फबाट प्रदेश प्रमुख पठाउने गठबन्धनका दलहरुबीच सहमति भएकोमा जसपाले नाम नपठाएकाले निर्णय हुन नसकेको स्रोतले बतायो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ६, २०८२ (मे १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...