News Portal

एनआरएनए कुवेतको ७औं अधिवेशनको निर्वाचन समिति घोषणा

वर्तमान अध्यक्ष नै प्रमुख निर्वाचन आयुक्त !

हिमालीसंचार संवाददाता
३५० पटक

कुवेत – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाई २३ तारिख हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ।

निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन केसीलाई चयन गरिएको छ। समितिका अन्य २ सदस्यमा आनन्द आचार्य र गणेश रावत रहेका छन्। निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य गर्ने प्रयोजनको लागि निर्वाचन समितिले लोमस बास्तोला र भुपेन्द्र सारू मगरलाई निर्वाचन अधिकृत तोकेको छ।

गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचन समिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा यो निर्वाचन गराउन लागेको हो। गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गईसकेपछि हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो।

निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको छ भने, सोही अनुरूप छोटो समयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचन अधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धी आवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त केसीले जानकारी दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचकार्यतालिका सार्वजनिक गर्ने जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...