News Portal

गैर आवासीय नेपाली संध मकाउको अध्यक्षमा निर्मला थापा मगरको उमेद्वारी धोषणा

हिमालीसंचार संवाददाता
५९४ पटक

मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको सन (२०२१-२०२३) अध्यक्ष पदका लागि निर्मला थापा मगरले आफ्नो उमेद्वारी धोषणा गरेकी छिन्।

काठमाण्डौ सितापाईलाकी निर्मला थापा मगरले मकाउमा विभिन्न संध संस्थाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन्। गैर आवासीय नेपाली संध मकाउको सन् २०१३-२०१५ सालको महिला संयोजक समेत भएर संधको एक कार्यकाल निर्वाह गरेकी थापा मगर नेपाली सहयोगी हातहरु मकाउका संयोजक रहेर समाज सेवाको अर्को महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी थापा मगरले गैर आवासिय नेपाली संध मकाउको अध्यक्ष पदमा आफ्नो उमेद्वारी धोषणा गरेकी हुन्। 

थापा मगरले आफ्नो एजेन्डाहरु प्रस्तुत गर्दै; “मकाउमा रहेका नेपालीहरुलाई एकजुट बनाई, एक-आपसमा सहयोग र सद्भावको भावना जागृत गराउन, संस्थालाई राजनीतिक मुक्त बनाई पारदर्शी बनाउन, मकाउमा रहेका नेपालीहरुको समस्या समाधान गर्नका लागि विशेष जोड, अत्यावश्यक सहयोग र कानूनी सहयोग, अत्यावश्यक स्वास्थ्य समस्याहरुमा आर्थिक तथा भौतिक सहयोग, कोरोना भाइरसका कारणले समस्यामा परेका नेपालीहरुका लागि नेपाल फर्कन समस्यामा परेका नेपालीहरुका लागि नेपाल फर्कन सहजिकरण, मकाउमा संगठीत विभिन्न संध संस्थाहरुसंग आवाश्यक समन्वय गरी नेपाली चाड-पर्व, संस्कृतिहरुको संयुक्त रुपमा हर्षोउल्लासका साथ मनाउने वातावरण सृर्जना गर्ने लगायदका एजेन्डा सहित आफ्नो प्रतिबद्धता जनाउदै गतिशील, सशक्त, संस्थागत र समावेशी संस्थाका लागि कटिबद्ध रहेको जनाएकी छिन्।

गैर आवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको सन् २०२१-२०२३ सालको लागि अध्यक्ष पदमा विजय भएमा मकाउमा रहेका नेपाली भाषिहरुको विभिन्न समस्याको समाधान, कला-सस्कृतिहरुलाई जीवन्त तुल्याउन मकाउमा संगठीत संध संस्थाहरुसंग आवश्याक समन्वय गरी नेपाली चाड-पर्व र संस्कृति स्वदेशकै अनुभूति दिलाउन सहयोग र पहल गर्ने हिमाली संचारसंगको कुराकानीमा बताएकी छिन्। 

युवा समाजसेवीको रुपमा आफ्नो परिचय बनाई रहेकी निर्मला थापा मगर, मकाउमा संगठीत मगर संध मकाउको महिला सदस्य समेत रहेकी मगरसंध मकाउका अध्यक्ष सम्शेर थापा मगरले एनआरएन मकाउले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष थापा मगरका अनुसार एउटा शिक्षित युवा, सक्षम व्यक्ति समेत रहेको हुनाले गैर आवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको अध्यक्षमा निर्मला थापा मगर निर्विरोध निर्वाचित हुने विश्वास व्यक्त गरेका छन्।

एनआरएन मकाउको अध्यक्ष पदका प्रत्यासी उमेद्वार निर्मला थापा मगरले हिमालीसंचार डटकमसंग कुराकानी गर्दै; “कोरोना माहामारीको दोस्रो लहरले नेपाल आक्रन्त बनाई रहेको यो विषम परिस्थिमा हाम्रो देश दुख्दा हामी प्रदेशीहरुको मन अझ दुख्दो रहेछ। हाम्रो परिवार, आफन्त नेपालमा हुनुहुन्छ । त्यस कारणले गर्दा हाम्रो मन पोल्दो रहेछ, चिन्ताले पिरोल्दो रहेछ। यसको लागि समेत आवश्यक समन्वय गरेर नेपाल सरकारले गरेको अनुरोध लगायदका सामाजिक उत्तरदायित्व वहन गर्ने समेत वताएकी छिन्।”

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...