News Portal

धरानको बसपार्क बनाउने ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान

“निर्वाचित भएपछि पहिलो जिम्मेवारी पुरा हुन लाग्यो” - उपमेयर

हिमालीसंचार संवाददाता
३६१ पटक

धरान – धरानमा बन्न लागेको स्मार्ट बसपार्कका लागि धरान उपमहानगरपालिका धरानले ठेकेदार कम्पनीलाई सम्झौता गर्न आह्वान गरेको छ ।

धरान उपमहानगरपालिकाले आज बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । बहुवर्षे योजना अन्तर्गत ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता हुन लागेको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताईन्। सुनसरीको दुहबीको विकोइ–गिताञ्जली जेभिले २० करोड १८ लाख ४६ हजार १ सय ३१ रुपैयामा बसपार्क बनाउने टेण्डर पाएको छ ।

धरान–८ स्थित बन्न लागेको बसपार्कको जग्गा विवादले गर्दा २० वर्षसम्म योजनाको काम अघि बढ्न सकेको थिएन । स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकामा मेयर, उपमेयर निर्वाचित भइसकेपछि बसपार्कको काम अघि बढेको थियो । तर बसपार्कको काम अघि बढाउन विवाद समाधान गर्नुपर्ने पहिलो काम भएकोले तत्कालिन मेयर तारा सुब्बाले उपमेयर मञ्जु भण्डारीलाई विवाद समाधानको जिम्मेवारी दिएका थिए । 

उपमेयर भण्डारीका अनुसार ‘निर्वाचित भएपछिको पहिलो ठूलो जिम्मेवारी पूरा हुने निश्चित भएको छ, यो खुशी म सम्पूर्ण धरानबासीलाई बाड्न चाहान्छु ।’ उपमेयर भण्डारीले जिम्मेवारी पाएपछि पनि विवाद समाधान हुन लामो समय लाग्यो । निरन्तरको सहकार्य र सम्बादपछि बसपार्क निर्माण गर्ने काममा सफलता मिलेको उपमेयर मञ्जु भण्डारीले बताईन् । धरानमा स्मार्ट बसपार्क बनेपछि भानुचोकको अस्तव्यस्त बजार व्यवस्थित हुने उपमेयर भण्डारीको दाबी छ । उनका अनुसार अन्य पालिकालाई समेत सिकाइ हुने गरी जग्गा एकिकृत गरेर व्यवस्थित योजना निर्माण गर्न लागेको बताईन् ।

यो स्मार्ट बसपार्क बेसमेन्ट (अण्डरग्राउण्ड पार्किङ) सहितको ३ तलाको हुनेछ। डिजाइन अनुसार सबैभन्दा बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमता हुनेछ । यस्तै, सतहमा ४९ वटा बस र १५ वटा सानो गाडी राख्ने ठाउँ हुनेछ। सतहबाट गन्तव्यमा छुट्ने गाडीहरु मात्र राखिनेछ। त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ (छुट्ने) संरचना निर्माण हुने हालको डिजाइन रहेको छ। 

बस पार्कको डिजाइन अनुसार तेस्रो तला टर्निमल भवन यात्रुहरुको प्रयोगमा आउनेछ। त्यहाँ क्याफे, लाइब्रेरी र व्यपारिक कोठाहरु हुनेछ। स्मार्ट बसपार्कको सतहमा कुना तथा केही खाली स्थानमा फूलबारी (बगैँचा) पनि निर्माण हुन्छ।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...