News Portal

हङकङमा किराया हङकङद्वारा किरात सभ्यताको आदिम पुर्खा रैछाकुलेको प्रतिमाअनवरण

हिमालीसंचार संवाददाता
७५७ पटक

युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङ सुप्तुलुङ मर्मत तथा निर्माण विभागले किराया हङकङको आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरी प्रतिमाअनवरण गरेको छ।

किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथि रहेको कार्यक्रममा विभाग संयोजक धिराज कुमार राईको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। किरात राई यायोक्खा नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई विशिष्ट अतिथि रहेको कार्यक्रम सुप्तुलुङ मर्मत तथा निर्माण विभागका कार्यकारी सचिव अधिराज राईले “तेज” संचालन गरेका थिए।

किरात सभ्यता र परम्परा अनुसार मुन्दुमविद् दल बहादुर राई, मैत्र कुमार राईले मुन्दुम फलाकेर सामुहिक चुलामा पुजा गरेका थिए। आयोजित कार्यक्रममा नक्छो/कुवीले साकेला शीली प्रतिमास्थल वरिपरि शिली नाचेपछि प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र विभाग संयोजकको हातबाट आदिम पूर्खा रैछाकुलेको प्रतिमा एक साथ अनवरण गरिएको थियो।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशि मदन राईले रैछाकुले सम्बन्धि आफ्नो मिथक प्रस्तुत गरेका थिए। आयोजित कार्यक्रममा किरात राई यायोक्खा नेपालका केन्द्रीय सदस्य दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, किरात राई यायोक्खा हङकङका संरक्षक सदस्य हेजेन राई, किरात राई यायोक्खा हङकङका प्रमुख सल्लाहकार रजिन राईले किरात राई यायोक्खा हङकङ र किरात सभ्यताको आदिम पूर्खा रैछाकुले सम्बन्धि आफ्नो धारणा राखेका थिए

किरात राई यायोक्खा हङकङको पहिलो चरणको योजना अनुसार हिजो एक कार्यक्रमवीच रैछाकुलेको प्रतिमा निर्माण गरी अनवरण गरिएको हो। अनावरण गरिएको रैछाकुलेको प्रतिमा पूर्णकदको विशेष धातुले बनाईएको छ। यो प्रतिमाको करिब ५ फिटको उचाई रहेको छ। नेपालका चर्चित मुर्तिकार रोजन राईबाट बनाइएको मुर्तिको लागि कुललागत १,८७,८०० हङकङ डलर तथा ५,९०,०००/- रुपैया रहेको छ। नेपालबाट रैछाकुलेको प्रतिमा निर्माण गरि हङकङमा ल्याईएको हो । यो प्रतिमाको तौल करिब २ सय केजीको रहेको छ।

किरात राई यायोक्खा हङकङले केन्द्रिय अध्यक्ष दिवस राई, नेपालका चर्चित मुर्तिकार रोजन राईलाई हङकङ आमन्त्रण गरी रैछाकुलेको अनवरण गर्ने कार्यक्रम रहेको भए पनी कोरोना महामारीले उक्त रोकिएको थियो ।

किरात सभ्यताको आदिम पूर्खा रैछाकुले’लाई राईहरुले आ-आफ्नो भाषा अनुरुप फरक-फरक नामाकंन गरेका छन् । यसलाई खक्चुलुप्पा, खोक्चिलिप्पा, हेत्छाकुप्पा, खोक्चिलिप, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा,  हेत्छाकुवा, कक्तिसाला भूगोल र भाषिक राई समुदायले आदि नामले चिन्ने गरिन्छ । यो समग्रमा “माईती” हो ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...