News Portal

प्रीय सानु! मुटु भरिको अपार माया तिमीलाई !!

शिव कुमार पन्त
८७७ पटक

प्रीय सानु!
मुटु भरिको अपार माया तिमीलाई !!

नया प्रविधिको जमानामा पनि आज तिमीलाई खै किन हो एउटा पत्र नै लेख्न मन लागेको छ। सायद, बाँचिन्छ भन्ने आश मर्दै गएको हुनाले होला। “चालीस कटेसी रमाउने हो नी प्यारो मान्छे भन्थ्यौ तिमीले, तर अब भेट हुने आशा एकदम झिनो हुँदै गएको छ। तिमीसँग रमाउने मेरो सपना, सपना नै रहन्छ जस्तो लाग्न थालेको छ। 

सानु! के भनौ, अब म तिमीलाई? कोरोनाको चपेटामा जीन्दगी नै  घर भित्र निस्सासिएको छ, आज फेरी आफ्नो प्यारा साथीलाई घाटमा पुर्याएर आउदा मनमा सन्नाटा अनी मन भित्र कोलाहल मच्चिए रहेको छ। यो सब दृश्य देखेर केही सोच्न नी सकिरहेको छैन।फेसबुकका पन्ना, पर्खाल भरी सबैले बियोगका पिडा पोखिरहेका छन् मैले पनी मनको वह पोखि रहेको छु। विश्वका वैज्ञानिकहरुलाई चुनौति, विश्वका हामी जस्ता सर्वसाधरणहरुलाई नजरबन्दमा र विश्वलाई लकडाउनमा राखेको यस्तो अकलपनीय परिधटनाले मलाई पिरोली रहेको छ। 

यो सबै दृश्य हेर्न नसकेर भित्र भित्रै मेरो मुटु पोल्न थालेको छ। मेरा छाती धेरै चर्किएको सानु!! यहाँ यस्तै छ; अलिकति खुशी, एकदम धेरै पीडा। बाहिर जाउँ भने कोरोनाले दाह्रा, नङ्ग्रा तिखारेर बसेको छ। नजाउँ भने पनि बिछोडको सन्त्रास नै सन्त्रास कोलहल ।

यहाँ मर्ने र बाँच्नेको कुनै ठेगान नै भएन सानु , तिमी सँग भेट होला भन्ने त मेरो आश नै मरिसक्यो। तिमीले एकदिन भनेको थियौ नि सानु! कम्तिमा पनि टेक्नोलोजीको कारण हामी एक अर्कालाई देख्न त पाइरहेका छौं नी!’ पहिलेको जवानाका जस्तो हालखबर बुझ्न कम्तिमा ३ महिनासम्म चिठ्ठी पर्खिनु परेको त छैन”। तिमीले ठिकै भनेकी रहेछ्यौ । 

अब त यो प्रत्यक्ष भेट एकअर्कामा देखादेख पनि होला नहोला जस्तो छ । किन हो सानु! अनायसै मेसेन्जरमा एउटा गीत पठायौ हिजो “तिमी भन्दा म पहिला मरुँला… ” भन्ने । त्यो हृदय स्पर्षी गूतले मेरो मनलाई सम्हाल्न गाह्रोभो ! एकाएक मेरा सपनाहरु खरानी हुन लागेझैं महशुस भयो मलाई! म रातभरी सिरानी च्यापेर रोएँ । 

यो लकडाउनको विषम परिस्थिमा तिम्रो अभाव एकदमै खड्कियो मलाई । तर मलाइ विश्वास छ, त्यहाँ केही बढी सतर्कता अवस्याक छ। सानु! तिमीलाई केही हुन्न । म भगवानसंग प्राथना गर्छु, मेरो बाँकी जीवन पनि तिमीलाइ नै मिलोस्। तिमी आउँदा म चाहिं रहन्न होला। मेरो याद अंगालेर बाँच्नू है तिमी! केही गरी कोरोनाले प्रत्यक्ष भेट्न दिएन भने पनि तिम्रो चिन्तासंगसंगै मेरो देशको चिन्ताले पनी पिरोलेको छ आजकल । केहीगरी म मरिहालें भने पनि मेरो जीन्दगी मेरो मातृभूमिका लागि पनी अर्पण हुनेछ। 

तर म बाँचे, अनि तिमी फर्कियौ भने अवश्य भेट हुन्छ। रमाउला हामी पनि तिमीले भने जस्तै; चालीस कटेसी – हाम्रो सुन्दर, प्यारो मायाको संसारमा!!
अहिलेलाइ यति नै लेखे है!
– उही तिम्रो प्यारो प्रीय!!

शिव कुमार पन्त, नागार्जुना न.पा १० काठमाण्डौ, नेपाल

 

“समाजसेवी  पन्तका अनुसार यो एउटा काल्पनिक पत्र मात्र हो, कसैको जीवनसँग मेल खान गएमा एउटा संयोग मात्र हुनेछ”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...