News Portal

प्रीय सानु! मुटु भरिको अपार माया तिमीलाई !!

शिव कुमार पन्त
९५६ पटक

प्रीय सानु!
मुटु भरिको अपार माया तिमीलाई !!

नया प्रविधिको जमानामा पनि आज तिमीलाई खै किन हो एउटा पत्र नै लेख्न मन लागेको छ। सायद, बाँचिन्छ भन्ने आश मर्दै गएको हुनाले होला। “चालीस कटेसी रमाउने हो नी प्यारो मान्छे भन्थ्यौ तिमीले, तर अब भेट हुने आशा एकदम झिनो हुँदै गएको छ। तिमीसँग रमाउने मेरो सपना, सपना नै रहन्छ जस्तो लाग्न थालेको छ। 

सानु! के भनौ, अब म तिमीलाई? कोरोनाको चपेटामा जीन्दगी नै  घर भित्र निस्सासिएको छ, आज फेरी आफ्नो प्यारा साथीलाई घाटमा पुर्याएर आउदा मनमा सन्नाटा अनी मन भित्र कोलाहल मच्चिए रहेको छ। यो सब दृश्य देखेर केही सोच्न नी सकिरहेको छैन।फेसबुकका पन्ना, पर्खाल भरी सबैले बियोगका पिडा पोखिरहेका छन् मैले पनी मनको वह पोखि रहेको छु। विश्वका वैज्ञानिकहरुलाई चुनौति, विश्वका हामी जस्ता सर्वसाधरणहरुलाई नजरबन्दमा र विश्वलाई लकडाउनमा राखेको यस्तो अकलपनीय परिधटनाले मलाई पिरोली रहेको छ। 

यो सबै दृश्य हेर्न नसकेर भित्र भित्रै मेरो मुटु पोल्न थालेको छ। मेरा छाती धेरै चर्किएको सानु!! यहाँ यस्तै छ; अलिकति खुशी, एकदम धेरै पीडा। बाहिर जाउँ भने कोरोनाले दाह्रा, नङ्ग्रा तिखारेर बसेको छ। नजाउँ भने पनि बिछोडको सन्त्रास नै सन्त्रास कोलहल ।

यहाँ मर्ने र बाँच्नेको कुनै ठेगान नै भएन सानु , तिमी सँग भेट होला भन्ने त मेरो आश नै मरिसक्यो। तिमीले एकदिन भनेको थियौ नि सानु! कम्तिमा पनि टेक्नोलोजीको कारण हामी एक अर्कालाई देख्न त पाइरहेका छौं नी!’ पहिलेको जवानाका जस्तो हालखबर बुझ्न कम्तिमा ३ महिनासम्म चिठ्ठी पर्खिनु परेको त छैन”। तिमीले ठिकै भनेकी रहेछ्यौ । 

अब त यो प्रत्यक्ष भेट एकअर्कामा देखादेख पनि होला नहोला जस्तो छ । किन हो सानु! अनायसै मेसेन्जरमा एउटा गीत पठायौ हिजो “तिमी भन्दा म पहिला मरुँला… ” भन्ने । त्यो हृदय स्पर्षी गूतले मेरो मनलाई सम्हाल्न गाह्रोभो ! एकाएक मेरा सपनाहरु खरानी हुन लागेझैं महशुस भयो मलाई! म रातभरी सिरानी च्यापेर रोएँ । 

यो लकडाउनको विषम परिस्थिमा तिम्रो अभाव एकदमै खड्कियो मलाई । तर मलाइ विश्वास छ, त्यहाँ केही बढी सतर्कता अवस्याक छ। सानु! तिमीलाई केही हुन्न । म भगवानसंग प्राथना गर्छु, मेरो बाँकी जीवन पनि तिमीलाइ नै मिलोस्। तिमी आउँदा म चाहिं रहन्न होला। मेरो याद अंगालेर बाँच्नू है तिमी! केही गरी कोरोनाले प्रत्यक्ष भेट्न दिएन भने पनि तिम्रो चिन्तासंगसंगै मेरो देशको चिन्ताले पनी पिरोलेको छ आजकल । केहीगरी म मरिहालें भने पनि मेरो जीन्दगी मेरो मातृभूमिका लागि पनी अर्पण हुनेछ। 

तर म बाँचे, अनि तिमी फर्कियौ भने अवश्य भेट हुन्छ। रमाउला हामी पनि तिमीले भने जस्तै; चालीस कटेसी – हाम्रो सुन्दर, प्यारो मायाको संसारमा!!
अहिलेलाइ यति नै लेखे है!
– उही तिम्रो प्यारो प्रीय!!

शिव कुमार पन्त, नागार्जुना न.पा १० काठमाण्डौ, नेपाल

 

“समाजसेवी  पन्तका अनुसार यो एउटा काल्पनिक पत्र मात्र हो, कसैको जीवनसँग मेल खान गएमा एउटा संयोग मात्र हुनेछ”

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...