News Portal

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना, नेपालमा छुट्टै भेरियन्ट नभेटिएको दाबी

हिमालीसंचार संवाददाता
४४१ पटक

प्रशान्त वली,
काठमाडौं – सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ। सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो। पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ। यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो।

त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ। अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ। श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ। माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ।

पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ। भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ। नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ। देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रमित रहेका छन्। बिहीबार ५ हजार ९ सय ४ संक्रमित निको भएका छन्। ८ सय ३१ क्वारेन्टाइनमा छन्।

हाल, देशभरका अस्पतालमा १ हजार ४ सय ४४ आईसीयू र ३ सय ९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय २१ आईसीयू र ५७ भेन्टिलेटर, प्रदेश २ मा १ सय १३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन्। बाग्मती प्रदेशमा ७ सय २६ आईसीयू र २ सय ५६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १ सय ३९ जना आईसीयू र २३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६९ आईसीयू र २५ जना भेन्टिलेटर, कर्णालीमा ४६ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत छन्।

यसैबीच, बेलायती अखबार डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने कुनै नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेको छ। विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएको जनाएको छ।

यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले नेपाल कोरोना भाइरसको कुनै छुट्टै (नयाँ) भेरियन्ट नभेटिएको र सो समाचारमा सत्यता नभएको प्रस्ट पारे।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...