News Portal

फरवर्डले धरानको वीपी प्रतिष्ठानलाई ५० थान अक्सिजन सिलिण्डर प्रदान

हिमालीसंचार संवाददाता
३२४ पटक

धरान – पुर्वाञ्चल सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग प्रदान गरेको छ ।

नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी छिन् । उनले संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा प्रतिष्ठानलाई सिलिण्डर सहयोग गरेको बताइन् । कोरोना महामारीको विषम परिस्थितिमा अक्सिजन नपाएर सर्वसाधारण जनताको मृत्यु भइरहेको कारण संस्थानले सहयोग गरेको बताईन । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि यहाँ उपचारमा धेरै विरामीहरु आउने र उनीहरुले उचित सेवा पाउन् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर उपलब्ध गराएको चौधरीको भनाई छ ।

चौधरीको अनुसार विराट मेडिकल शिक्षण अस्पताललाई पनि संस्थाले २ वटा अक्सिजन मनिटर गर्ने मेशिन उपलब्ध गराउने भएको छ भने कोशी अस्पतालले पनि २, ३ सय सिलिण्डर माग गरेको तर बजारमा सिलिण्डर अभाव रहेको उनले बताइन् । ‘पश्चिममा पनि आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गर्ने तयारी भइरहेको छ । करिब ५० लाख जतिको सामग्रीहरु सामाजिक उत्तरदायित्व फण्डबाट सहयोग गछौं,’उनले भनिन् । 

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सहयोगको लागि आभार प्रकट गर्दै सबै अक्सिजन सिलिण्डर कोभिड १९ अस्पतालमा प्रयोग गर्ने बताए । उनले भने,‘हामीसँग प्लान्ट पनि छ । अक्सिजन कमी हुन दिदैनौं । हामी संग १ सय बेड क्षमताको अस्पतालमा अपुग नहोस् भनेर सबै उपायहरु अपनाएको समेत बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...