News Portal

मोरङको रंगेली नगरमा ह्वात्तै बढ्यो कोरोना संक्रमित, गुद्रि बजारको चहलपहल उस्तै

हिमालीसंचार संवाददाता
२६६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा चलेयता शनिबार सम्ममा रंगेली नगरपालिका भित्र १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

अहिलेसम्म रंगेली नगरपालिका १ नं. वडामा ४ जना, २ नं. वडामा १३ जना, ३ नं. वडामा ४ जना, ४ नं. वडामा १४ जना, ५ नं. वडामा ९ जना, ६ नं. वडामा २७ जना, ७ नं. वडामा १५ जना, ८ नं. वडामा ७ जना, ९ नं. वडामा १ जना र अन्य १२ जना गरी १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको मेसु रोहेन्द्र पाण्डेले जीनकारी दिए। 

नगर भित्र कोरोना संक्रमित ह्वात्तै बढेर गएसंगै नगरपालिकाले २० शैयाको कोभिड-१९ अस्पताल र तिरुपती आर्यघाटमा ५० बेडको आईशोलेसन सेन्टर समेत संचालनमा ल्याएको छ । 

बिहान १० बजे सम्मका लागि अति आवश्यक सामान खरिदको लागि खाधान्न, निर्माण सामाग्री र स्वास्थ्यसंग सम्वन्धित पसलहरु खोल्ने भनिएता पनि रंगेलीको गुद्रिमा दैनिकी भिडभाड भने कायमै रहेको छ । यसरी अनावश्यक भिडभाड हुदा कोरोना संक्रमण फैलिने उच्च सम्भावना रहेको छ । नगरपालिकाले समयमै गुद्रि बजारलाई ब्यवस्थापन गर्ने सकेन भने रंगेलीमा कोरोनाको फैलिने उच्च सम्भावना रहेको छ।

हाल रंगेली कोभिड १९ हस्पीटलमा ५ जना संक्रमितको उपचार भइरहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए ।  नगरमा निषेधाज्ञा लागू भएपछि ईलाका प्रहरी कार्यलय रंगेली नगरपालिका भित्र समेत कडाइका साथ सर्वसाधारणहरुलाई आवतजावतमा कडाई गर्नुका साथै अटेर गरेर हिड्ने यात्रुलाई समेत होल्ड गरेर एक घण्टासम्म सडकमै उभ्याउने गरेका छन ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...