News Portal

मोरङको रंगेली नगरमा ह्वात्तै बढ्यो कोरोना संक्रमित, गुद्रि बजारको चहलपहल उस्तै

हिमालीसंचार संवाददाता
२९९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा चलेयता शनिबार सम्ममा रंगेली नगरपालिका भित्र १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

अहिलेसम्म रंगेली नगरपालिका १ नं. वडामा ४ जना, २ नं. वडामा १३ जना, ३ नं. वडामा ४ जना, ४ नं. वडामा १४ जना, ५ नं. वडामा ९ जना, ६ नं. वडामा २७ जना, ७ नं. वडामा १५ जना, ८ नं. वडामा ७ जना, ९ नं. वडामा १ जना र अन्य १२ जना गरी १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको मेसु रोहेन्द्र पाण्डेले जीनकारी दिए। 

नगर भित्र कोरोना संक्रमित ह्वात्तै बढेर गएसंगै नगरपालिकाले २० शैयाको कोभिड-१९ अस्पताल र तिरुपती आर्यघाटमा ५० बेडको आईशोलेसन सेन्टर समेत संचालनमा ल्याएको छ । 

बिहान १० बजे सम्मका लागि अति आवश्यक सामान खरिदको लागि खाधान्न, निर्माण सामाग्री र स्वास्थ्यसंग सम्वन्धित पसलहरु खोल्ने भनिएता पनि रंगेलीको गुद्रिमा दैनिकी भिडभाड भने कायमै रहेको छ । यसरी अनावश्यक भिडभाड हुदा कोरोना संक्रमण फैलिने उच्च सम्भावना रहेको छ । नगरपालिकाले समयमै गुद्रि बजारलाई ब्यवस्थापन गर्ने सकेन भने रंगेलीमा कोरोनाको फैलिने उच्च सम्भावना रहेको छ।

हाल रंगेली कोभिड १९ हस्पीटलमा ५ जना संक्रमितको उपचार भइरहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए ।  नगरमा निषेधाज्ञा लागू भएपछि ईलाका प्रहरी कार्यलय रंगेली नगरपालिका भित्र समेत कडाइका साथ सर्वसाधारणहरुलाई आवतजावतमा कडाई गर्नुका साथै अटेर गरेर हिड्ने यात्रुलाई समेत होल्ड गरेर एक घण्टासम्म सडकमै उभ्याउने गरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...