News Portal

पुर्वाञ्चलको सुनसरी उधोगबाट राजधानी लगासद अन्य प्रदेशहरुमा अक्सिजन आपुर्ति

“खाली सिलिण्डरको अभाव, अक्सिजन उत्पादनमा समस्या छैन चिन्ता नलिनुस” उधोग संचालक

हिमालीसंचार संवाददाता
३५९ पटक

सुनसरी – नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि पुर्वाञ्चलको सुनसरीबाट सिलिण्डर भरेर अन्य प्रदेशहरुमा आपुर्ति गर्न थालिएको छ ।

प्रदेश नं.१ को सुनसरीमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर राजधानी काठमाण्डौ लगायद अन्य प्रदेशहरुमा सिलिण्डर पठाउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालका अनुसार गृहमन्त्रालयको समन्वयनमा नेपाली सेनाको स्काई ट्रकमार्फत बिहिबार र शुक्रबार एयर लिफ्ट गरी अक्सिजन रिफिल गरेर राजधानी पठाइएको थियो । यस्तै, स्थलमार्गबाट पनि पुर्वका विभिन्न जिल्लासँगै पश्चिम दाङमा पनि पठाइएको प्रजिअ ढकालले बताए । ‘एयर लिफट गरेर पटक-पटक अक्सिजन सिलिण्डर रिफिल गरेर पठाइ रहेका छौ । प्रजिअ ढकालले भने, पुर्वको अस्पतालहरुमा आवश्यक पर्ने अक्सिजन पुर्याए अन्य जिल्लाहरुमा आपुर्ति गरिरहेका छौ । सिलिण्डर नै पठाएको होइन, खाली सिलिण्डर ल्याएपछि त्यसमा अक्सिजन भरेर पठाइएको हो ।’

अक्सिजन रिफिल गर्ने र पठाउने कार्यमा जनपद, सशस्त्र प्रहरीसँगै नेपाली सेनाले पनि सहयोग गरिरहेको प्रजिअ ढकालले जानकारी दिए। उनका अनुसार आज भैरहवामा पनि ३ फ्लाईट गरेर अक्सिजन पठाउने योजना रहेको बताए । ‘अक्सिजन उत्पादनको क्षमता बढाउन लगाएर २४ घण्टा प्लान्ट चलाएर भएपनि अरुतिर सपोर्ट गर्ने बताए,’ प्रजिअ ढकालले भने ।  

प्रदेश नं १ मा जम्मा ५ वटा अक्सिजन उद्योग रहेको छ । ती मध्ये ३ वटा सुनसरी जिल्लामा छ । सुनसरीमा पनि इटहरीमा २ वटा र एउटा दुहबीमा रहेको छ । अस्पतालहरुमा अक्सिजनको चरम अभाव भइरहदा यी उद्योगहरु भने पुर्णक्षमतामा चल्न सकेको थिएन । खास गरि अक्सिजन सिलिण्डरको अभावले उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन नभएको एक साताअघि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले अनुगमन गरेकी थिइन ।  उनका अनुसार ‘उत्पादन जति पनि हुने रहेछ, तर अक्सिजन भर्न सिलिण्डरको अभाव देखियो,’ उपमेयर गौतमले भनिन्,‘सिलिण्डर कहाँ कहाँ स्टक भएर बसेको छ, त्यहाँबाट खोजी गरेर ल्याउन पहल गछौं ।’

इटहरी स्थित ११ दुर्गा अक्सिजन उद्योगका सञ्चालक आशिष मित्तल अक्सिजनको माग नहुँदा उत्पादन क्षमताको ४० देखि ४५ प्रतिशत मात्र प्लान्ट चलेको बताउँछन् । प्रदेश १ मा भएको अक्सिजन उद्योग कसैको पनि सत प्रतिशत नचलेको उनको भनाई छ ।

उनले भने ‘सिलिण्डर खपत भएर आयो भने न अक्सिजन भर्ने हो, उद्योगमा आउदै आएन भने कसरी प्लान्ट चलाउने ? ’  उधोग संचालक मित्तल भन्छन्, ‘५ वटा प्लान्ट चल्दा ३ हजार सिलिण्डर भर्न सक्छौं, त्यत्रो खपत कहाँ छ ?’ उनी भन्छन् सिलिण्डरको अभाव रहेको छ। अक्सिजन उत्पादनमा समस्या छैन त्यसैले चिन्ता नलिन आग्रह गर्छन। सिलिण्डर ल्याएर अक्सिजन तुरुन्तै रिफिल्ड गरेर आपुर्ति गर्न सक्छौ।”

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...